प्रभु बैंकका ग्राहकलाई होटेल सीताशरणमा आकर्षक छुट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
११ मंसिर २०८३, शुक्रबारFriday, November 27, 2026

अर्थबजार स्टोरी

प्रभु बैंकका ग्राहकलाई होटेल सीताशरणमा आकर्षक छुट

काठमाडाै‌ । प्रभु बैंक लिमिटेड र जनकपुरस्थित होटेल सीताशरण प्रालिबीच विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता सम्पन्न भएको छ।

सम्झौतापत्रमा बैंकका तर्फबाट जनकपुर शाखा कार्यालय प्रमुख अशोककुमार साह र होटेल सीताशरणका तर्फबाट महाप्रबन्धक कमलसिंह साउदले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ कारोबार गरिरहेका सम्पूर्ण ग्राहकले होटेल सीताशरणद्वारा सञ्चालित ‘फुड’ र ‘वेभरेज’ सेवामा १० प्रतिशत र ‘लजिङ’ सेवामा १५ प्रतिशत छुट प्राप्त हुने भएको छ।

सम्झौताअन्तर्गत होटेल सीताशरणमा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, होटल सीताशरणका उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाइएको छ। यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक लाभान्वित हुने भन्ने बैंकले विश्वास लिएको छ।

प्रकाशित : २ भदौ २०७९, बिहिबार १५:१० 18 August, 2022 3:10 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।