एक बर्षमा मर्जरमा गएका १७८ बैंक तथा वित्तिय संस्था खारेज, ६७ संस्था कायम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एक बर्षमा मर्जरमा गएका १७८ बैंक तथा वित्तिय संस्था खारेज, ६७ संस्था कायम



काठमाडौं । हाल बैक तथा वित्तिय संस्थाहरु धमाधम मर्जर प्रक्रियामा गईरहेका छन् । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया शुरु गराए पश्चात् २०७९ असार मसान्तसम्म ६७ संस्था कायम भएका छन्।

राष्ट्र बैंककाे तथ्याङ्क अनुसार वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले केन्द्रिय बैकले विभिन्न बैक तथा वित्तिय संस्थालाई मर्जरमा जान अनुमति दिएपछि कुल २४५ बैंक तथा वित्तीय संस्थाहरु मर्जर/प्राप्ति प्रक्रियामा सहभागी भएका छन् । यसमध्ये १७८ संस्थाहरुको इजाजत खारेज हुन गई ६७ संस्था कायम भएका छन् ।

यस बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या २०७९ असार मसान्तमा १२६ रहेको छ । यस मध्ये २६ वाणिज्य बैंक रहेकाे छ । त्यसैगरी, १७ विकास बैंक, १७ वित्त कम्पनी, ६५ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक सञ्चालनमा रहेका छन् ।

बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या अघिल्लाे असार मसान्तमा १० हजार ६८३ रहेकोमा गत असार मसान्तमा ११ हजार ५२८ पुगेको छ ।

प्रकाशित : ७ भाद्र २०७९, मंगलवार १०:५९