नेफ्स्कूनले आफु मातहतका संस्थामा तरलता व्यवस्थापनमा केहि सहयोग गर्न पर्छ । जोखिममा पर्न लागेका सहकारीहरुलाई सचेत गराएर आवश्यक सहयोग कसरी गर्ने गर्ने भन्ने तर्फ लाग्नु तत्कालको आवश्यकता हो । यसका लागि नेफ्स्कूनले व्याकअपमा केहि आकस्मिक फण्ड तयार गरेर केहि सहयोग गर्न सक्छ । अर्काे, नेफ्स्कूनले नियमित रुपमा निगरानिमा पर्यवेक्षण गर्नुपर्छ । आफ्ना सदस्यको आर्थिक अबस्था के छ? जोखिमको अबस्था के छ ? भनेर त्यसबारे नियमित रुपमा रिपोर्टिङ लिएर त्यसमा वित्तिय विश्लेषण लगाएतका अन्य विश्लेषण गरेर बेलैमा सचेत गराउनुपर्छ ।
अहिले स्पेस लाईटिङ्ग फण्डका कुराहरु अगाडी आएका छन् । त्यसलाई सबैलाई हुने खालको व्यवस्थित रुपले अगाडी बढाउनु पर्छ । यसले गर्दा केहि लगानीकर्ताको बचत भएपनि बच्न सक्ने सम्भावना रहन्छ । सबैले एउटा सहकारीमा डिपोजिट निकाल्न पाउँदैनन् । सहकारीहरु आफूलाई बैंक नै हौ भन्ने मनसायले गलत तरिकाले ऋण लगानी गर्ने गरेको देखिएको छ । यसलाई नेफ्स्कूनले निरुत्साहित गर्नु पर्छ । सबैलाई पँहुचवाला ब्राण्ड, अन्य ब्राण्डमा जुन पल्स इडिकेटर लगाएत अरु ईन्डिकेटरहरुको बारेमा एउटा वित्तिय विश्लेषण गर्ने क्षमता, संस्थागत क्षमता अभिबृद्धिका कार्यक्रमहरु निति विधिमा हिड्ने सुशासन कायम गराउने कुरामा आफ्नो सदस्य संस्थाहरुलाई अगाडी बढाउनुपर्छ । त्यस्तै, सरकारसंगको सहकार्यमा ऐन नियमहरु बनाउने कुरामा नेफ्स्कुनले लबिङ्ग गर्नुपर्छ ।
अहिले साकोसहरुलाई छुट्टै ऐन चाहियो भन्ने आवज पनि उठ्न थालेको छ ।तत्कालको अवस्थालाई हेर्ने हो भने अहिलेनै छुट्टै ऐन चाहिएको छैन् ।अहिले भईरहेको ऐनमा भने सुधार गर्नुपर्ने थुप्रै कुराहरु छन् । बचत तथा ऋण सहकारीलाई सम्बोधन हुनु पर्ने प्राबधानहरु राखेर सहज बनाउन सकिन्छ ।
हिजो सहकारी संस्थाहरुमा आधारभुत तहमा थिए भने अहिले व्यवसायिकता तर्फ अगाडी बढीरहेका छन् । ठुला सहकारीको व्यवसायीक स्तरलाई कसरी अगाडी लैजान सकिन्छ भन्ने कुरामा सोच्न पर्छ । अर्काे समयसापेक्ष डिजिटलाईजेसनको अबस्था के छ ? यसमा पनि नेफ्स्कूनले भुमिका खेल्न सक्छ । संस्थागत क्षमता अभिवृद्धिका कुरामा भुमिका खेल्न सक्छ । यी कुराहरुलाई नेफस्कूनले विचार गरेर अगाडी लैजानुपर्छ । सहकारीहरु एउटा सामाजिक व्यवसायको रुपमा हो, यो शुद्ध बैंक मात्र हैन, सामाजिक व्यवसाय हो भन्ने कुरालाई मनन् गरेर नेफ्स्कूनले ७ वटा सिद्धान्तलाई लिएर जाने हिसाबले लबिङ्ग गरेर अगाडी बढाउदै लैजानुपर्छ ।
Comment