काठमाडौ । चर्चित सेयर बादशाह राकेश झुनझुनवालाको निधन भएको छ ।
भारतीय वारेन बफेटका नामले समेत परिचित झुनझुनवालाको आइतबार ६२ वर्षको उमेरमा निधन भएको हो ।
आयकर विभागका अधिकारीका छोरा झुनझुनवाला भारतीय सेयर बजारमा बिग बुलको नामले चिनिन्छन् ।
झुनझुनवालको आइतबार बिहान उपचारको क्रममा अस्पतालमा निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
झुनझुनवालासँग ५ अर्ब ८० करोड अमेरिकी डलर बराबरको सम्पत्ति थियो ।





Comment