रैराङ र रिडी हाइड्रोपावरको एकीकृत कारोबार सुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

रैराङ र रिडी हाइड्रोपावरको एकीकृत कारोबार सुरु



काठमाडौं । रैराङ हाइड्रोपावर र रिडी हाइड्रोपावरले असार ३१ गतेबाट एकीकृत कारोबार सुरु गरेको छ। दुवै कम्पनी एक भएपछि रिडी पावर कम्पनी लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु भएको हो।

दुवै कम्पनीको असार १७ गते बसेको विशेष साधारण सभाले रिडीले रैराङलाई एक्वायर गर्ने प्रस्ताव पारित गरेको थियो । रिडीले रैराङलाई १ः०.९३ सेयर स्वाप रेसियोमा एक्वायर गरेको हो । यसर्थ, रैराङको १०० कित्ता सेयर हुनेले अब रिडीको नाममा ९३ कित्ता सेयर पाउनेछन् ।

प्रकाशित : 8 August, 2022 11:27 am