राष्ट्र बैकद्वारा बैंकदर ८.५ प्रतिशत कायम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

राष्ट्र बैकद्वारा बैंकदर ८.५ प्रतिशत कायम



काठमाडौं । नेपाल राष्ट्र बैकले इजाजतपत्रप्राप्त संस्थाहरुलाई प्रचलित ऐनमा भएको व्यवस्था अनुसार उपलब्ध गराईएको कर्जाको ब्याजदर (बैंकदर) ७ प्रतिशत रहेकाेमा परिवर्तन गरी ८.५ प्रतिशत कायम गरेको छ ।

बुधबार राष्ट्र बैकले एकिकृत निर्देशिका जारी गर्दै राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त संस्थाहरुलाई प्रचलित ऐनमा भएको व्यवस्था अनुसार उपलब्ध गराईने कर्जाको ब्याजदर (बैंकदर) ८.५ प्रतिशत कायम गरिएको छ ब्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा रहेको स्थायी तरलता सुविधा दर ८.५ प्रतिशत, तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दर ५.५ प्रतिशत र नीतिगत दरको रुपमा रहेको रिपो दरलाई ७.० प्रतिशत कायम गरिएको जनाएको छ ।

यस अघि ब्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा रहेको स्थायी तरलता सुविधा दर ७ प्रतिशत, तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दर ४ प्रतिशत र नीतिगत दरको रुपमा रहेको रिपो दरलाई ५.५ प्रतिशत कायम गरिएको थियो ।

प्रकाशित : १८ श्रावण २०७९, बुधबार १५:०५