मर्जर तथा प्राप्तिमा जादा कारोबार रोक्का नहुने निर्देशिका दुई साताभित्र लागु हुन्छ: अध्यक्ष हमाल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

मर्जर तथा प्राप्तिमा जादा कारोबार रोक्का नहुने निर्देशिका दुई साताभित्र लागु हुन्छ: अध्यक्ष हमाल



काठमाडाैं । नेपाल धितोपत्र बोर्डले मर्जरमा जाँदा कम्पनीको कारोबार रोक्का नहुने निर्देशिका २ साता भित्र ल्याउने जनाएको छ । बोर्डका अध्यक्ष रमेश कुमार हमालले बोर्डको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रममा यस्तो घोषणा गरेका हुन् ।

उनले बोर्डमा धितोपत्र दर्ता गरेका संगठित संस्थाहरुको मर्जर, एक्विजिशन संगठित संस्था स्वामित्वमा लिने वा नियन्त्रण सम्बन्धी निर्देशिका तर्जुमा गरी लागू गरिने बताएका छन्। उनले २ साता भित्र नै यस्तो निर्देशिका तयार पार्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

उनले भने, ‘लगानीकर्तालाई अन्याय नहोस् भनेर आफुले मर्जर तथा प्राप्तिमा गएका कम्पनीको सेयर कारोबार रोक्का सम्बन्धी विषयमा बारम्बार ध्यानआर्कषण गराएको बताउदै मौद्रिक नीति सार्वजनिक भएको दिनदेखि नै विज्ञ टिम बनाएर निर्देशिका तयार पारिरहेका छन्, अबको १० दिनभित्रमा जारी गर्छौ’ । यस अघि राष्ट्र बैंकले ,मौद्रिक नीति सार्वजनिक गर्दै बैंक तथा वित्तीय संस्था मर्जरमा जाँदा कारोबार रोक्का नहुने बताएको थियो । नेपाल राष्ट्र बैंकका गभर्नरका महाप्रसाद अधिकारीले अहिले मौद्रिक नीति सार्वजनिक गरिरहेका छन् । मौद्रिक नीति सार्वजनिक गर्दै कारोबार रोक्का गर्नु पर्ने ब्यबस्था खारेज गरि अब मर्जर तथा प्राप्ति नेपाल धितोपत्र बोर्डको नियमन अनुसार गरिने बताएका थिए । सोहि अनुसार बोर्डले निर्देशिका बनाउने भएको हो ।

प्रकाशित : १२ श्रावण २०७९, बिहीबार १९:१३