नेप्सेमा दोहोरो अंकको बृद्धि, चार कम्पनीको शेयरमा सकारात्मक सर्किट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्सेमा दोहोरो अंकको बृद्धि, चार कम्पनीको शेयरमा सकारात्मक सर्किट



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको चौथो दिन आज बुधबार दोहोरो अंकले बढेको छ । नेप्से २३.८३ अंकले बढेर दुई हजार एक सय ११ दशमलब ९९ विन्दुमा पुगेर रोकिएको हो । आज सेन्सेटिभ इण्डेक्स ४.५३ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.५१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स पनि १.४४ अंक बढेको छ।

त्यस्तै, आज कारोबार रकममा भने गिरावट आएको छ। आज नेप्सेमा ३ अर्ब १६ करोड १४ लाख ५५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीहरुमध्ये १५६ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १८ कम्पनीको शेयरमूल्य घटेको छ । साथै, ६ कम्पनीको शेयरमुल्य स्थिर रहेको छ ।

यसमध्ये ४ कम्पनीको शेयरमूल्य आज सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । जसमा जानकी फाईनान्स कम्पनी, युनाईटेड मोदी हाईड्रोपावर र राष्ट्र उत्थान लघुवित्त संस्थाको शेयर आज १० प्रतिशतले बढेको छ । त्यसैगरी, नेष्डो समृद्धि लघुवित्त वित्तिय संस्थाको शेयर ९.९७ प्रतिशतले बढेको छ ।

नेप्सेका अनुसार आज कुमारी धनबृद्धी योजनाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य १० प्रतिशतले घटेको छ ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यसको आज १७ करोड ९४ लाख ११ हजार भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित : ११ श्रावण २०७९, बुधबार १५:२०