काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७९।०८० को मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै ४।१२ को नीतिमा हेरफेर गरेको छ।
बैंकले सेयर धितो राखेर एक बैंकबाट लिन पाउने कर्जामा ४ करोडको सीमा हटाइएको छ । यसअघि एउटा बैंक तथा वित्तीय संस्थाबाट ४ करोड र सबै बैंक तथा वित्तीय संस्थाबाट १२ करोड रुपैयाँसम्मको सीमा राखिएको थियो । उक्त व्यवस्थामा ४ करोडको सीमा हटाइए पनि सबै बैंक तथा वित्तीय संस्थाबाट १२ करोड रुपैयाँसम्म मात्र लिन पाउने व्यवस्थालाई राष्ट्र बैंकले निरन्तरता दिएको हो ।राष्ट्र बैकले लिएको यो निर्णयले अबका दिनमा पुँजीबजारको यात्रा सहज होलान त के भन्छन् लगानीकर्ता
सोचे अनुरुपको मौद्रिक निति आएको छैन
चालुआर्थिक बर्षको मौद्रिक नितिले पुँजीबजारको लागि सकारात्मक कुराहरु धेरै आएका छन्, जुन राम्रो हो । यसअघि लागेको ४ र १२ को क्याप छ त्यसमा ४ को क्याप हटेर १२ को क्यापमात्र लागु गर्ने निर्णय भएको छ त्यो साना लगानीकर्ताको लागि राम्रो संकेत रहेको छ । त्यसैगरी, मर्जरमा गएका कम्पनीको शेयरकारोबार रोक्का खारेज, बैंकले शेयर धितोमा प्रवाह हुने कर्जाको जोखिम भार २५ लाख रुपैयाँसम्मको कर्जाको हकमा १०० प्रतिशत राख्ने लगाएतका व्यवस्थाहरु छन् यि सबै पुँजीबजारको हितमा नै छ ।
तर यी भन्दा माथिको कर्जाको हकमा जोखिम भार १५० प्रतिशत राख्नुपर्ने व्यवस्था यथावत राखिएको छ । यसमा कर्जाको हकमा जोखिम भार १५० प्रतिशतको सिमा हटाउनुपर्ने हो यो राख्न जरुरत नै छैन ।
केहि कुराहरु राम्रो आएपनि समग्रमा पुँजीबजारको हितमा हेर्ने हो भने अझैपनि सोचे अनुरुपको मौद्रिक निति आएको छैन । सिडि लाई सिसिडि नै गरिदिए शेयरबजार राम्रो हुदै जाने थियो । त्यसैगरी १२ को नितिपनि खारेज हुनुपर्ने, शेयरबजारमा लोन लिनेहरु धेरै छैनन्, ४४ खर्ब लोन पुगेकोमा अहिले घटेर १२२ अर्ब पुगेको छ त्यो भनेको दुई अढाई प्रतिशत हो त्यो पनि अहिले घटिरहेको छ । साथै तरलता बढाउने पोलिसि सरकारले ल्याउन पर्यो जसले गर्दा अटोमेटिक बैकमा व्याजदर घट्छ ।
सरकारले नचाहिने विलासिलताका सामान सुपारी, महङ्को गाडी, चुरोट लगाएतका सामान आयातमा एक बर्ष सम्मका लागि रोक लगायो भने अबश्य सुधार हुने हुन्छ ।
पुँजीबजार हितको लागि अगाडी बढ्ने मौद्रिक निति भएन
अध्यक्ष
राधा पोख्रेल
केहि हदसम्म त ठिकै आएको छ । तर पनि हामीले सोचे अनुरुपको मौद्रिक निति आएन् । ४ को क्याप हटाएपनि १२ को क्याप हटाईएको छैन् । देशको अर्थतन्त्रको हितमा रहेर मौद्रिक निति ल्याएपनि पुँजीबजार हितको लागि भनेर सोचेर अगाडी बढ्ने मौद्रिक निति भएन ।
अहिले बजार प्यानिक अबस्थामा गएको छ । हामीले दिएका सुझावहरु कार्यन्वयन भयो र लगानीगर्न पैंसा केहि हदसम्म निकाल्न सकियो भने , त्यैसैगरी मौद्रिक निति आएपनि बजारमा आएका समस्याको हल हुदै गए तरलता अझ सहज भईदिए पुँजीबजार बिस्तारै माथी लैजान सकिन्छ ।
Comment