दुई कम्पनीले बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्न बोर्डसंग अनुमति माग्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

मुख्य समाचार

दुई कम्पनीले बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्न बोर्डसंग अनुमति माग्दै



काठमण्डौं। सर्वोत्तम सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएका छन्। दुवै कम्पनीले हाल योग्य संस्थागत लगानीकर्तालाई आईपिओ निष्कासनका लागि अनुमति माग गरेका हुन्।

सर्वोत्तम सिमेन्टले २४ लाख कित्ता र रिलायन्स स्पिनिङ मिल्सले ७ लाख ७० हजार ६४० कित्ता आईपीओ निष्कासन गर्ने अनुमति मागेका छन्। सेबोनमा बुक बिल्डिङ विधि मार्फत आइपीओ निष्कासन गर्न सर्वोत्तम सिमेन्टले गत असार २८ र रिलायन्स स्पिनिङ मिल्सले असार ३१ गते आवेदन दिएका हुन्।

यसरी जारी गरेको आईपीओ निष्कासन गर्दा सर्वसाधारणका लागि जारी गरिने सेयरको ४० प्रतिशत योग्य संस्थागत लगानीकर्तालाई छुट्याउनुपर्ने प्रावधान छ। यी दुवै कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ।

प्रकाशित : ४ श्रावण २०७९, बुधबार १५:०७