काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि आईपीओ निष्काशन गरेको थियो ।
असार १ गते २२ गतेसम्म स्थानीयमा विक्री गरेको ५ लाख ८८ हजार ३७ कित्ता आईपीओ असार २९ गते बाँडफाँट गरेको हो । बाँडफाँटमा नपरेको आईपीओ बापतको रकम विक्री प्रबन्धकले साउन १ गतेदेखि सम्बन्धीत आवेदकहरूको बैंक खातामै रकामान्तर गरिने जानकारी दिएको छ । कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा बिओके क्यापिटल लिमिटेड रहेको छ ।
पहिलो चरणमा स्थानीयमा आईपीओ विक्री गरेको यस कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ जारी गर्नेछ । कर्मचारी समेत सर्वसाधारणमा कम्पनीले २० प्रतिशत शेयर जारी गर्नेछ । हाल संस्थापक तर्फबाट चुक्ताभएको ७० प्रतिशत पूँजी रू. ४१ करोड १६ लाख २५ हजार रहेको छ । सर्वसाधारणमा समेत आईपीओ जारीपश्चात् कम्पनीको चुक्तापूँजी रू. ५८ करोड ८० लाख ३६ हजार पुग्नेछ ।
Comment