सानिमा लाइफ र रिलायान्स लाइफ इन्स्योरेन्सबीच मर्जर सम्झौता, चुक्ता पूँजी ४ अर्ब १० करोड पुग्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सानिमा लाइफ र रिलायान्स लाइफ इन्स्योरेन्सबीच मर्जर सम्झौता, चुक्ता पूँजी ४ अर्ब १० करोड पुग्ने



काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स र रिलायान्स लाइफ इन्स्योरेन्स एक आपसमा मर्जरमा जाने सम्झौता भएको छ । सम्झौतापत्रमा सानिमा लाइफका तर्फबाट सञ्चालक घनश्याम थापा र रिलाइन्स लाइफको तर्फबाट सञ्चालक भरत कुमार तोदीले हस्ताक्षर गरेका हुन् ।

हाल सानिमा लाइफको चुक्ता पुँजी २ अर्ब रूपैयाँ र रिलायन्स लाइफको चुक्ता पुँजी २ अर्ब १० करोड रूपैयाँ रहेको छ ।

दुई कम्पनीबीच एक बराबर एकको अनुपातमा मर्ज भए चुक्ता पूँजी ४ अर्ब १० करोड रुपैयाँ पुग्नेछ । यद्यपी कम्पनीले हाल सेयर मिलान अनुपात (स्वाप रेसियो) तय गरेको छैन। दुबै कम्पनीको डिडिए पछि मात्रै स्वाप रेसियो तय हुने कम्पनीले जनाएको छ ।

दुबै कम्पनीबीच मर्जरमा जाने सम्झौता गरेपछि नेप्सेले शेयर कारोबार पनि रोक्का गरेको छ ।

प्रकाशित : २९ असार २०७९, बुधबार ११:४०