हामी अहिले जुन सुकै पेशा व्यवसायमा लागेता पनि हाम्रो मुल पेशाको जरो भनेको कृषि हो । त्यसमा हामीले विगत देखि वर्तमान सम्म गरेको निर्वाह मुखि कृषि कर्म गरेर आएका छौ ।
आज भन्दा तीस पैतिस वर्ष पहिले कुनै वालीमा मात्र नगन्य रुपमा बाहेक अन्य बालीमा खासै रासायनिक मल प्रयोग हुदैनथ्यो । केहि बालीमा थोरै मात्र प्रयोग गरीन्थ्यो । त्यो समयमा पनि रासायनिक मल भनेको समयमा भने जति पाउन गाह्रो थियो । तर पनि त्यस समयमा खासै मल अभाव हुदाँ पनि खासै असर पर्दैनथ्यो गाउघर तिर । किन भने त्यस वेला रासायनिक मललाई भन्दा वढी महत्व गाई वस्तुको जैविक मलको वढी प्रयोग हुने गथ्र्यो। रासायनिक मल वढी प्रयोग गरेमा माटो विग्रीन्छ,वातावरणमा असर गर्छ, भन्ने चलन थियो । त्यसकारणले गर्दा केही सिमित वालीनालीमा थोरै मात्रमा मात्र रासायनिक मलको प्रयोग गर्ने चलन थियो ।
विषेश गरि रासायनिक मललाई भन्दा जैविक –(प्राङ्गगारिक) मल वा गाई वस्तुको मलमुत्र,पातपतिंगरलाई कुहाएर वनाएको मलको वढी महत्व दिने चलन थियो । जसमा जैविक मलको प्रयोगले माटोलाई विगार्दैन,माटोलाई खुकुलो वनाउनमा सहयोग गर्छ,माटोको उर्वराशक्तिमा वृद्धि हुन्छ,जैविक मल प्रयोग गरि उत्पादन गरेको वालीनाली वढि स्वादिलो हुन्छ,यस किसिमको मलले वातावरणमा कुनै पनि असर गदैर्न भन्ने चलन थियो र यथार्थ पनि यहि नै हो । तर सयमको परिवर्तन सगै आफ्नै गाउँघरमा भएका,गोठवाट उत्पादन हुने वा वनाईएका जैविक मलकारखानालाई विस्तारै विस्तारै विस्थापन गरि वढी उत्पादन गर्ने नाममा होस वा आधुनिक र व्यवासायिक खेतीपातिको नाममा हाम्रो आफ्नै परम्परा देखि चल्दै आएको कृषि प्रणालीमा प्रयोग गरिने जैविक मल वनाउने पद्धतीलाई विकसित र उन्नत वनाई रासायनिक मललाई विस्तारै विस्थापित गर्नुको साटो जैविक (प्राङ्गारिक) मललाई कम महत्व दिदै रासायनिक मलमा मात्र आधारित खेतीपातिलाई वढी महत्व दिन थालियो ।
रासायनिक मलको प्रयोग गरेको खण्डमा उत्पादन वढी हुने जसले गर्दा किसानले वढी भन्दा वढी फाईदा लिन सक्ने कुरामा मात्र ध्यान दिन थालियो । रासायनिक मल वाहेक अन्य मल हाल्दा खेतिपाति नै उत्पादन हुदै हुदैन जस्तो गर्न थालियो । जैविक मललाई मल नै हैन जस्तो गरि त्यस्ता मल उत्पादन आधुनिक प्रविधि प्रयोग गरि उत्पादन गर्नुको साटो,त्यता तिर किसानलाई आक्रर्षण गरी त्यस्ता मल उत्पान गर्ने तालिमका साथै जैविक मल वनाउने आधुनिक प्रविधिलाई प्रयोग गर्न र त्यस्तो किसिमको मल उत्पादन गर्ने किसानलाई अनुदानको व्यवस्था गर्नुको साटो हामीले त्यहि जहिले पनि अरु देशवाट आयत गर्नु पर्ने,जहिले पनि महंगोमा खरिद गर्नु पर्ने,खेतिपातिको सिजनमा जहिले पनि अभाव हुने रासायनिक मलको पछि लाग्न थाल्यौ,त्यसलाई वढी महत्व दिदै गयौ जसको परिणामा प्रत्येक वर्ष अभावै अभावको सामन गर्नु पर्ने अवस्था सिर्जना हुदै गयो र कहिले सम्म यस्तो अवस्था रहने हो कसैलाई थाहाँ छैन ।
यदी अझै पनि समयमा नै त्यता पट्टी ध्यान नदिने हो भने यसले भविस्यमा निकै ठुलो समस्या सिर्जना गर्ने देखिन्छ । त्यसकारण यसलाई दिर्घकालिन समाधानको लागी गम्भिर भई यसको समाधान गर्नको लागी सम्वन्धित सरोकारवालाले ध्यान दिनु आवस्यक छ । मल भनेको जैविक र रासायनिक दुवै हुन दुवैलाई खेतिपातिमा आवस्यकता अनुसार हाल्न सकेको खण्डमा खेतिपातिले राम्रो उत्पादन दिन सक्छ भन्ने कुरा हामीले वुझ्न सकेनौ वा वुझाउन सकेनौ जसको कारणले गर्दा जैविक मललाई मल नै होइन जस्तो गरि रासायनिक मललाई मात्र महत्व दिदै गयौ ।
आधुनिक कृषि प्रणाली शुरु भए सगै हाम्रो परप्परागत मल गोठेमल आदिलाई वन्द गर्यौ जुन रासायनिक मलको विकल्पको रुपमा रहन सक्थ्यो । त्यसको सट कृतिम रुपमा रासायनिक मलको व्यापक प्रयोग गर्न थाल्यौ । जसको कारण प्रत्येक वर्ष रासायनिक मलको माग उच्च हुदै आएको छ । विगत केहि वर्ष देखी मुख्य वाली नाली लगाउने वेलामा जहिले पनि मलको विषलाई लिएर किसानहरुले आन्दोन गर्ने गरेका छन भने राजनीतिक दलहरुले एक अर्कालाई दोस देखाई आरोप पत्यारो लगाउदै एक अर्कालाई दोसि ठानी रहेका छन् । जुन राजनितिक दलले सरकार वनाए पनि मलको समस्याको समाधान गर्न सकेका छैनन् अहिले सम्म । रासायनिक मलको समस्या केवल राजनीति गर्ने ठुलो विषयको रुपमा वा मुद्धाको रुपमा जरो गाडेर वसेको छ ।
प्रत्येक वर्ष हामीले थाहा पाए देखि । हुन त नेपालमा मात्र होईन नेपालको छिमेकी देशमा पनि मल अभावका कारण समय समय किसानहरुले ठुला ठुला आन्दोलन गरेका घटनाहरु पनि हाम्रो सामु ताजै छन् र त्यहाँ पनि दिर्घकालिन समाधान भएको पाईदैन । त्यस्तै नेपालमा पनि आन्दोलन हुन्छन फेरी सरकार सगँ वार्ता हुन्छ अनि केहि समय पछि मर्थर हुन्छ फेरो अर्को वर्ष यस्तै हुन्छ यसरी नै चलेको छ सरकार,किसान र मलमा लुकामारी । सधैभरि लुकामारी मात्रै गर्ने हो कि यसको समाधान गर्नको लागी सम्भव छ भने या त स्वदेशमा मल कारखाना खोल्ने यात सयमका मल उपलव्ध गराउने या हामीले परम्परा गत रुपमा प्रयोग गर्दै आएको जुन आफ्नै गाउँघरको गाईवस्तुको गोठवाट उत्पादन हुने जैविक मललाई आधुनिक प्रविधिवाट उत्पादन गरि रासायनिक मलको वैकल्पिक व्यवस्थाको रुपमा अपनाउने हो त्यस विषमा कुनै पनि निकायलाई चासो भए जस्तो लाग्दैन ।
प्रत्येक वर्ष सरकारको टाउको दुखाई र किसानको ठुलो समस्याको रुपमा रहेको आयतित मलको अभावलाई समाधान गर्नको लागी गर्नको लागी स्वेदशमा नै मलकारखाना खोल्न सके राम्रो हुन्थ्यो । हुन त यसलाई समाधान गर्नको लागी विभिन्न समयमा अध्ययन समितिहरु वनेका कुराहरु पनि विभिन्न समयमा विभिन्न संचार माध्यमा आउने गरेका छन तर ती समाचारमा मात्र सिमित छन् । कार्यन्वयनमा आएका छैैनन् । ती अध्ययन समिति केवल तत्कालिन समयमा माग वा आक्रोसलाई थामथुम गर्नको लागी मात्र वने जस्तो देखिन्छ न कि समस्याहरुलाई समाधान गर्नको लागी ।
नेपालमा के यस रासायनिक मलको समस्याको समाधान वा यसको विकल्पनको खोजी नभएको, नगरिएको हो वा त्यतातिर सरोकारवाला निकायले ध्यान दिन नसेको हो । यदि त्यसो हो भने कि त किसानहरुलाई खेतिपाति नगर भन्नु परयो कि त यस समस्याको समाधन गर्न तिर यस सगँ सम्बन्धित तालुकदार मन्त्रायलय र यस संग सम्वन्धित निकायहरु लाग्नु पर्यो । यदि प्रत्येक वर्ष यस्तै अवस्था रहीरहने हो भने व्यवसायिक रुपमा अहिले खेतिपातिमा लागेका किसानहरुले पनि भएको खेतियोग्य जमिनलाई वाझो राखी कृषि पेशालाई नै छोडी अन्य पेशा व्यवसायमा लाग्ने दिन नआउला भन्न सकिन्न । जसको परिणम स्वरुप खाद्यन्न सकंट उत्पन्न भई भोक मरिको सिर्जना पनि हुन सक्ने देखिन्छ । अर्को तिर नेपालमा भएको खेतियोग्य जमिनलाई वाझो राखी जनतालाई आवस्यक पर्ने खाद्यन्न आयत गर्दा व्यपार घाटा अहिले भन्दा निकै ठुलो हुने देखिन्छ । जसले गर्दा देश झन झन गरिव हुदै जाने अवस्थाको सिर्जना वन्न सक्छ ।
बर्षा संगै खेतिपातिको सिजन शुरु हुन्छ । यो संगै देशभर माग अनुसारको आपुर्ति गर्न नसक्दा विगतका वर्षहरु जस्तै यस वर्ष पनि रासायनिक मलको चरम अभाव भएको छ जसको कारण खेतिपानि नसप्प्रने हो कि भन्ने चिन्ता किसानहरुमा रहेको छ । प्रत्येक वर्ष जस्तै यस वर्षमा पनि समयमा मल नआउदा,किसानले समयमा प्रशस्त मात्रमा मल नपाउदा किसानले आफुले दुख गरे जति उत्पादन गर्न सक्दैन भने अर्को तिर अर्वौ रुपैयाँ वराबरको मल आयत हुदाँ नेपाली पैसा विदेश गइरहेको छ भने समयमा मल नपाउदाँ मिहिनेत अनुसार उत्पादन नहुदाँ अपुग खाद्यन्न विदेशवाट आयत गर्नु पर्दा पनि नेपाली पैसा विदेशमा पठाउँनु परेको छ । जसको कारण देश दिन प्रतिदिन गरिवी तिर गई रहेको छ भने हरेक कुरामा अरु देशमा निर्भर हुनु परेको छ । यी विविध कारणको के निकास के हो त?के यी कारणको समाधान गर्न नसकिने हो कि,समाधानको उपाय हुदाँ हुदै पनि सम्वन्धित निकायले चासो नदिएको हो ? यी प्रश्नको जवाफ कसले दिने किसानहरुलाई,आम नागरिकलाई । किसानलाई मात्र होईन गैर किसानलाई पनि थाहाँ छ प्रत्येक वर्ष खेतिपाति लगाउने समय र त्यस समयमा किसानलाई वढी मलको आवस्यकता पर्दछ भन्ने कुरा तर पनि किन हामीले समयमा मलको आपुर्ति गर्न सक्दैनौ वा चासो दिदैनौ । पछिल्लो वर्षमा पनि खेतिपातिको समयमा मल चाहिन्छ भन्ने कुरा थाहाँ हुदाँ हुदै पनि किन मल आयत गर्नको लागी सयममा प्रक्रिया अगाडी वढाउन सकिदैन ।
के सधै मलको मागमा किसानहरुले आन्दोलन गरिरहने? प्रतिपक्षले त्यसलाई राजनितिक मुद्दा वनाई निहु खोज्ने अनि जुन पाटीको सरकार भए पनि सधै मल आउँदै छ भन्दै किसानहरुलाई थामथुम पार्ने मात्र काम हो ? यसको पछाडी समस्या के छ? कठिनाई के के छन भन्ने कुरा आम किसानले थाहाँ पाउने किसानको अधिकार हो कि हैन ? यसको जवाफ सरकार वा सरोकार निकायले दिनु पर्छ कि पदैर्न न ? रासायनिक मलको दिर्घकालिन समाधान गर्न सकिदैन । यसको सट्टामा अन्य वैकल्पिक माध्यमहरु निकाल्न सकिदैन ।
हामीलाई थाहाँ छ नेपालमा रासायनिक मल विदेशवाट निर्यात गर्नु पर्छ । विगतका वर्षमा भन्दा यस वर्ष अलि भिन्न छ ईन्धनको संकटले गर्दा केही देशहरुले विशेष गरि युरोपका केही देशहरुले मल कारखाना पुर्ण रुममा चलाउन नसक्दा नेपालमा मात्र नभएर विश्व भरि नै मलको अभाव देखिएको समाचार हामीले पढिरहेका छौ सुनिरहेका छौ । विदेशवाट निर्यात गर्दा समयमा आउदैन भन्ने कुरा पनि थाहा छ । तर पनि एक वर्ष होईन,दुई वर्ष होईन प्रत्येक वर्ष यस्तै समस्यमा मात्र किन ? के कम माग भएको समयमा मल खरिद गरि भण्डारण गर्न सकिदैन र ? यदि यसो गरेको खण्डमा प्रत्येक वर्ष सरकार र किसानको ठुलो समस्याको रुपमा रहेको समस्यवाट छुटकारा पाउन सकिन्छ ।
हामी आफुलाई कृषि प्रधान देश हो भन्छौ,कृषिमा आत्मनिर्भर वन्नु पर्छ । कृषिलाई आधुनिकीकरण गर्दै लैजानु पर्छ भन्छौ । तर खेतिपातिको समयमा खेतिपातिमा नभई नहुँने मल समयमा उपलव्ध गराउँन सक्दैनौ । जसरी मानिसलाई स्वस्थ्य रहनको लागी विभिन्न किमिमका पौष्टिक तत्व भएको खानाको आवश्यकता पर्छ त्यसैगरि वालीनालीलाई पनि आवस्यक पर्ने तत्व पुरा गर्नको लागी आवस्यक मलको साथै, बिउविजन,कृषि सामाग्रीहरु सुलभ र सुफत मुल्यमा समयमा नै उपलव्ध गराउन सक्दैनौ अनि कसरी कृषिमा आत्मनिर्भर वन्न सकिन्छ, कसरी किसानहरुको जिवन स्तर उकास्न सकिन्छ र कृषिलाई आधुनिकीकरण गर्दै युवा पुस्तालाई कृषिमा आक्रर्षण गरि देशमा वढीरहेको वेरोजगारीको समस्या समाधान गर्नुको साथै देशलाई उन्नत वनाउन सकिन्छ ।हामी प्रत्येक वर्ष अरवौको खाद्यन्न,तरकारी,फलफुल लगाएतका सामान अन्य देशवाट आयत गर्दछौ जसको कारणले अरवौ पैसा विदेशीयको छ भने अर्को तिर देश सवै समानको अभाव हुनुका साथै महंगो मुल्यमा किन्नु परेको छ ।
किसानलाई मात्र होईन गैर किसानलाई पनि थाहाँ छ । प्रत्येक वर्ष खेतिपाति लगाउने समय र त्यस समयमा किसानलाई वढी मलको आवस्यकता पर्दछ भन्ने कुरा तर पनि किन हामीले समयमा मलको आपुर्ति गर्न सक्दैनौ वा चासो दिदैनौ । पछिल्लो वर्षमा पनि खेतिपातिको समयमा मल चाहिन्छ भन्ने कुरा थाहाँ हुदाँ हुदै पनि किन मल आयत गर्नको लागी सयममा प्रक्रिया अगाडी वढाउन सकिदैन ।
Comment