एक्सेल डेभलपमेन्ट बैंकको शेयरमूल्य समायोजन, कति छ नयाँ मूल्य ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

एक्सेल डेभलपमेन्ट बैंकको शेयरमूल्य समायोजन, कति छ नयाँ मूल्य ?



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले एक्सेल डेभलपमेन्ट बैंकको शेयरमूल्य समायोजन गरेको छ। नेप्सेले बैंकको ८.५० प्रतिशत बोनस शेयर समायोजन गरेको हो।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । समायोजनपश्चात बैंकको शेयरमूल्य प्रतिकित्ता ३२० रुपैयाँ ७४ पैसा कायम भएको छ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा बैंकको शेयरमूल्य समायोजन गरेको हो । सोमबार, बैंकको शेयर प्रतिकित्ता ३४८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। सोही मूल्यका आधारमा नै मंगलबार शेयरबजारमा कम्पनीको कारोबार खुलेको छ ।

प्रकाशित : २८ असार २०७९, मंगलवार ११:२८