काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको अन्तिम दिन आज शुक्रबार दोहोरो अंकले घटेको छ । आज नेप्से ३४.७१ अंकले घटेर एक हजार ९ सय ९२ दशमलब ६१ विन्दुमा पुगेर रोकिएको हो ।
आज सेन्सेटिभ इण्डेक्स ५.६१ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.५० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.२८ अंक घटेको छ। त्यस्तै, आज नेप्सेमा एक अर्ब १६ करोड ८४ लाख ५१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबार भएका २१७ कम्पनीहरु मध्ये १४ कम्पनीको शेयरमुल्य बढेको छ भने १७६ कम्पनीको शेयरमुल्य घटेको छ । शुक्रबार तीन कम्पनीको शेयरमूल्यमा सामान्य वृद्धि भएको छ । जसमा ग्लोबल आईएमई समुन्नत स्किम १, नबिल इन्क्युटी फण्ड र केबीएल डिभेञ्चर रहेको छ । आज यी कम्पनीको शेयर २ प्रतिशत भन्दा बढीले बढेको छ ।
नेप्सेका अनुसार हिमालयन उर्जा विकास कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ ।
त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यसको आज ५ करोड ५९ लाख ८३ हजार भन्दा बढीको कारोबार भएको छ ।
Comment