अजोड इन्स्योरेन्स पाँचौ वर्षमा प्रवेश « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

अर्थबजार स्टोरी

अजोड इन्स्योरेन्स पाँचौ वर्षमा प्रवेश

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनी चौथो वर्ष पुरा गरी पाँचौ वर्षमा प्रवेश गरेको छ । अजोड सञ्चालको छोटो अवधिमै नेपालको अग्रणी निर्जीवन बीमा कम्पनीको रुपमा स्थापित हुन सफल भएको छ । कम्पनीलाई स्थापित गर्न अथक परिश्रम गर्ने सम्पुर्ण कर्मचारीहरुलाई कम्पनीले विशेष आभार प्रकट गरेको छ । त्यस्तै समस्त ग्राहकहरुलाई पनि कम्पनीले विशेष आधार प्रकट गरेको छ ।

कम्पनीलाई मार्गनिर्देशन प्रदान गर्ने नियामक निकाय, संस्थापक तथा शेयरधनी पनि हार्दिक कृतज्ञता प्रकट गरेको छ । वार्षिकोत्सवको अवसरमा कम्पनीले आगामी दिनमा अझ विश्वसनीय, भरपर्दो, छिटो छरितो, व्यवस्थित एवम् प्रविधिमैत्री बीमा सेवा प्रदान गर्दै जाने प्रतिवद्धता समेत व्यक्त गरेको छ ।

प्रकाशित : २२ असार २०७९, बुधबार १६:२५ 6 July, 2022 4:25 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।