काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको तेस्रो कारोबारको दिन आज मंगलबार ४६.०८ अंकले घटेर दुई हजार ३० दशमलब ५९ विन्दुमा रोकिएको हो । त्यसैगरी, आज सेन्सेटिभ फ्लोट इण्डेक्स ८.७१ अंक घटेको छ भने फ्लोट इण्डेक्स ३.१६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.२५ अंक घटेको छ।
आज कारोबार रकम पनि घटेको छ । आज नेप्सेमा २ अर्ब ९६ करोड ८४ लाख ८५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।आज कारोबार भएका कम्पनीहरु मध्ये १७ कम्पनीको शेयरमूल्य बढेको छ भने १७५ कम्पनीको शेयरमूल्य घटेको छ । साथै एक कम्पनीको शेयरमुल्य स्थिर रहेको छ ।
यसमध्ये पनि दुई कम्पनीको शेयरमूल्य भने सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । जसमा सिवाईसी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १५४३.९० रुपैयाँ पुगेको छ भने ङादी ग्रुप पावरको शेयरमूल्य आज ९.९७ प्रतिशतले बढेर प्रतिकित्ता ३१८.८० रुपैयाँ पुगेको छ ।
नेप्सेका अनुसार आज घलेम्दी हाइड्रोका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी सानिमा बैंकको प्रोमेटर शेयरको भएको छ । यसको आज ३० करोड २० लाख भन्दा बढीको कारोबार भएको छ ।
Comment