काठमाडौं । यस साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.५७ प्रतिशत घटेको छ । गत साता १९७१.३८ विन्दुमा बन्द भएको नेप्से, यस साता १०९.७८ अंक घटेर १८६२.०६ विन्दुमा झरेको हो।
यो साता २२३ वटा कम्पनीको एक लाख ६३ हजार पाँच सय २४ वटा कारोबार भएको छ । जसअनुसार दुई करोड २ लाख ६२ हजार एक सय ६७ कित्ता श]यर खरीद बिक्री हुँदा ७ करोड ३३ लाख ४० हजार रुपैंया बराबरको कारोबार भएको हाे । यो साता नेप्से बढेर उच्च बिन्दु १९७४.२२ पुगेकोमा सबैभन्दा कम १८०६.९५ बिन्दुसम्म झरेको थियो ।
यो साता नेप्सेमा ६ कम्पनीको २ अर्ब २९ करोड ३० लाख ८४ हजार रुपैंया बराबरको बोनस शेयर सुचिकृत भएको छ । जसमा जानकी फाईनान्स कम्पनी लिमिटेड, एनएलजी इन्स्योरेन्स लिमिटेड, प्रभु इन्स्योरेन्स, नेशनल हाईड्रोपावर कम्पनी, नेपाल पुनर्बीमा कम्पनी र प्रोगेसिभ फाइनान्सको कुल २ करोड २९ लाख ३० हजार ८ सय ४० कित्ता सेयर सूचीकृत भएको छ ।
Comment