गगन थापा र राष्ट्र बैंकका गभर्नरबीच भेट, अर्थतन्त्र सुधारका विषयमा छलफल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

गगन थापा र राष्ट्र बैंकका गभर्नरबीच भेट, अर्थतन्त्र सुधारका विषयमा छलफल



काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेका छन् । भेटमा उनले हालको तरलता अभाव, मुद्रा सञ्चितिको अवस्था र पुँजी बजारको समस्या सम्बोधन गर्न आवश्यक विषयहरुमा छलफल गरेको जनाएका छन्।

गभर्नरलाई भेटेको बारे सामाजिक सञ्जालमार्फत् जानकारी दिदै थापाले अर्थतन्त्रमा देखिएका यी लगायतका समस्या समाधानका उपायहरू सहित अबको मौद्रिक नीति तयार पार्ने अपेक्षा लिएको जनाएका छन्।

प्रकाशित : १० असार २०७९, शुक्रबार १२:०३