नेप्सेको ओरालो यात्रा कायमै, कारोबार रकममा भने सुधार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्सेको ओरालो यात्रा कायमै, कारोबार रकममा भने सुधार



काठमाडौं । नेप्सेको ओरालो यात्रा कायमै रहेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको दोस्रो दिन आज सोमबार पनि उच्च अंकले गिरावट आएको छ । नेप्से ४९.३१ अंकले घटेर एक हजार ८ सय ८४ दशमलब ६३ विन्दुमा रोकिएको हो ।

आज कारोबार रकममा भने वृद्धि भएको छ । नेप्सेमा एक अर्ब ७५ करोड ६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबार भएका कम्पनीहरु मध्ये ४ कम्पनीको शेयरमूल्य बढेको छ भने १९१ कम्पनीको शेयरमूल्य घटेको छ । यसमध्ये पनि दुुइ कम्पनीको शेयरमूल्य सकारात्मक लेबलमा कारोबार भएको छ । आज आँधिखोला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ७२१.९० रुपैयाँ पुगेको छ भने सिवाइसी लघुवित्तको शेयरमूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ५००.३० रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार आज तेह्रथुुम पावर कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य १० प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी प्रभु बैंकको प्रमोटर शेयरको भएको छ । यस कम्पनीको आज ११ करोड ८३ लाख २० हजार भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित : ६ असार २०७९, सोमबार १५:२६