अध्यक्ष ,एपेक्स विकास बैंक
बैंक तथा वित्तिय सस्थाहरुमा मर्जरको लहर चलेको छ । बैंकरको नजरबाट हेर्दा मर्जर नै समस्याको समाधान हो त ?
पुँजी पुर्याउनको लागि महत्वपुर्ण माध्यम मर्जर हो । हुन त पुँजी बृद्धिका लागि आफै पनि राईट सेयर हाल्न पाउने बोनश सेयर दिने लगायतका कुराहरु छन । मुख्य कुरा त हामी (एपेक्स डेभलपमेन्ट बैंक) मर्जरकै बाटोबाट यहाँ सम्म आएका हौँ। कर्मचारी ,सञ्चालक आदीको व्यवस्थापन खर्चको कुरा गर्ने हिसाबले मासिक ८ देखि १० लाख सम्म बच्छ । मर्जरले धेरै नै बलियो बनाउछ। एकातिर बढेको पुँजीले ठूला परियोजनामा लगानी गर्नको लागि बाटो खुल्छ। करोड ऋण माग्दा सानो बैंकले दिन सक्दैन । तर, बलियो ठुलो बैंकले एउटैलाई अर्ब ऋण दिन सक्छ । लोनको डिपोजीट, र कर्मचारीमा कामको लगाव लगायतका कारणले पनि उत्तम छ। सानो बैंक हुँदा लोन बिग्रियो भने थला पर्ने संभावना प्रवल हुन्छ । तर, ठुलो बैंकलाई त्यो समस्या रहन्न । साना ऋणका समस्याले खासै असर पनि गर्दैन । मर्जरले धेरैलाई फाइदा पनि छ । तर मर्जर नै समस्या समाधानको उत्तम विकल्प चै हैन ।
बैंक तथा वित्तिय संस्थालाई गतिलो र दरिलो नियमन नै चाहिन्छ । हुन त सानो राम्रो भन्ने पनि हाम्रोमा चलन छ । तर त्यो होइन । बैंक भनेको त राज्यलाई सहयोग गर्ने शक्ति हो । त्यसैले बैंकलाई बलियो बनाउन राज्यले पनि सक्रिय भूमिकामा रहन आवश्यक । हाम्रो छिमेकी राष्ट्र भारतमा हेर्ने हो भने निजी बैंंकहरु सरकारी र्बैंकमा गाभिएका छन । त्यो किन भने आफुलाई बलियो र अब्बल साबित गर्नको लागि पनि हो । मुख्य कुरा त नियमन नै कडा हुनु आवश्यक छ । नियमन भएन भने हामी पनि समस्यामा पछौँँ । त्यस कारण मर्जर चै अति नै आवश्यक छ । त्यसैले राष्ट्र बैंकले भनेको समयमा पुँजी पुर्याउन सकेन भने के गर्ने भन्ने सवाल चै महत्वपुर्ण छ । सरकारले यसलाई के गर्ने भन्ने कुरामा सोच्न आवश्यक छ ।
पुँजी नपुगेको अवस्थामा वाणिज्यलाई विकास बैंक र विकासलाई फाइनान्समा झार्ने कुरा त छदै छ , तर फाइनान्सले पुँजी पुर्याएन भने चै के गर्ने ? अहिले विभिन्न हिसाबले बैंकरहरुले समय थप्नुपर्छ भन्ने कुरालाई प्रथामिकता दिएका छन् । तर, पुँजी बृद्धिको समय सिमा थप भन्दा पनि एक्वीवेसनमा लाग्नु पर्छ । यस हिसाबले राष्ट्र बैंकले सक्रिय रुपमा लागेर कुन संंस्था कुनसंग म्याचिङ्ग हुन्छ भन्नेमा चनाखो हुन आवश्यक छ । मुख्य कुरा भनेको जनताको लगानीको मुख्य जिम्मेवार भनेको राज्य हो । यसको अर्थ बैंकहरु चै होइनन भन्न खोजेको हैन । हामी राज्यबाट सञ्चालीत छौँ । पुँजी पुर्याउन नसक्ने र अलमलमा परेका संस्थाहरुलाई नेपाल राष्ट बैंकले सहजीकरण गर्नको लागि छुट्टै अधिकार सम्पन्न सेल गठन गर्नु आवश्यक छ । हाम्रो नेपाली संस्कृतिमा विहावारी गर्दा लमीको जरुरी हुन्छ नि हो त्यस्तै सेल बनाउनु पर्छ । त्यसले एउटा सहयोगीको काम गर्न सकोस । आफ्नो लक्ष्य पुरा गर्न राष्ट्र बैंकले सहजीकरण त गर्नै पर्छ ।
नेपाल राष्ट्र बैंकले आफ्नो लक्ष्य पुरा गर्नको लागि तपाईले भनेको जस्तो क्षमता राख्ला र ?
उ संग जनशक्ती छैन वा अहिलेको क्षमताले भ्याउदैन भने, बिशेषज्ञहरु झिकाएर काम गर्न सक्छ नि । नियमन गर्न नसकेकै कारण बैंक तथा वित्तीय संस्थाहरुको संख्या थोरै बनाउन खोजेको हो नि । नियमनमा नै कमजोरी छ भने बिशेषज्ञहरु ल्याउनु पर्छ । निजी क्षेत्रमा विभिन्न हिसाबले डिडिए गर्ने सस्थाहरु छन । त्यस्तै हिसाबले समस्या आउने बित्तिकै राष्ट्र बैंक र बैंकको बिचमा पुलको काम गर्नको लागि छुट्टै निकाय बनाउनु पर्छ । समस्या समाधान नभएका र मर्जरमा जानै नसकेकालाई राष्ट्र बैंकले आफैसंंग गाभ्दा पनि हुन्छ । अन्तर्राष्ट्रिय स्तरमा यस्तो प्रायोग पनि भएको छ । बैंकहरुको अविभावक मानिएको राष्ट बैंक मुकदर्शक बनेर बस्नु हुँदैन । नयाँ नयाँ कानुन र नीति ल्याएर यो क्षेत्रलाई सहज बनाउनु पनि उसको(केन्द्रिय बैंक) दायित्व हो ।
अहिले बाफियाले बैंकमा सिइओ र अध्यक्षको कार्यकाल २ पटक मात्रै भनेर तोक्यो । बैंकरहरु भन्छन अहिले बैंक चलाउन थोरै मात्रामा मान्छे छन निकै चुनौँतीपुर्ण छ, भन्छ नि ?
यो कुरा चुनौतीपुर्ण छ जस्तो मलाई लाग्दैन ।यसको पक्षमा हो म । संस्थालाई स्वस्थ र तन्दुरुस्त राख्नको लागि एउटै सस्थामा लामो समय सम्म एकै व्यक्ती बस्नु हुँदै हुँदैन । एउटै संस्थामा दुई कार्यकाल पो नबस भनेको । एउटा छाडेर अर्कोमा जान पाउछ नि । केही समय पछि आफुलाई आवश्यक परेको अवस्थामा पुनः सस्थाले ल्याउछ नि । सिइओ त जागिरे हो ८ । ८ बर्ष एउटा बैंकमा काम गर्दा उसले धेरै कुराहरुको विकास गरेको हुन्छ । एउटै व्यक्ती धेरै समय एउटै तरिकाले काम गर्दा संस्थामा नयाँपन पनि आउदैन नि । संस्थागत शुसासनको लागि भए पनि यो नीति कार्यन्वयन हुन जरुरी छ । सधै एक जनाले मात्रै सेटिङ्गमा संस्था चलाउने भए यति धेरैको सेयर हालेर किन बैंक चलाउनु ? नियमित पाइदैन पो भन्या त । मुख्य कुरा त अहिले मरो अनुभव पनि हो । केहि माफिया समुह छन् । ति समुहले सिंगो बैंकलाई कभर गरेका छन् । भित्र सेटिङ्ग गरेर अर्बौ ऋण लिनेहरुको समस्या धेरै छ । एउटा मात्रै समस्यामा पर्यो भने बैंकहरुनै डुब्ने अवस्थामा पुग्छन । यस कारण पनि राज्य र बैंकहरु दुवै सचेत भएर अगाडी बढ्नु पर्ने बेला आएको छ ।
लामो समय सम्म बैंकिङ्ग क्षेत्रमा हुनु हुन्छ । बैंकरको हिसाबले हेर्दा अब नेपालमा कति बैंक आवश्य छ ?
अब बैंक थप्न जरुरी छैन । सख्या यति भन्दा पनि अब मर्जरमा लगेर गुणात्मक विकास गर्न जरुरी छ । एउटा बैंकको १ हजार शाखा बनाएर काम गर्नु पर्छ । अब बैंकले नाफा भन्दा पनि जनतालाई सेवा दिने हिसाबले काम गर्नु पर्छ । अहिले त हामी कहाँ बैंक खोल्ने अनि कसरी चुस्ने भन्ने र कमाउने भन्ने मात्रै छ । जहाँ कमाउने ठाउ छ त्यहाँ पुग्ने चलन बढेको छ । त्यो रोकिन आवश्यक छ । हामी तत्काल भन्दा पनि लामो समय सम्म केन्द्रित हुने हिसाबले काम गर्ने वतावरण बैंकहरुले निर्माण गर्नु पर्छ । अब र्बैंकिङ्ग क्षेत्रले आफ्ना लगानीका क्षेत्रलाई परिर्माजन गरेर अगाडी बढाउन आवश्यक छ । अब परम्परागत हिसाबले बैंक चलाएर टिक्न गाह्रो छ । नयाँ सेवा र नयाँ प्रविधीको विकासलाई पहिलो प्रथामिकतामा राख्नु आवश्यक छ ।
Comment