बिन्ध्यबासिनी हाइड्रोपावरकाे आईपिओ बाँडफाँड, कतिले पाए शेयर ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

बिन्ध्यबासिनी हाइड्रोपावरकाे आईपिओ बाँडफाँड, कतिले पाए शेयर ?



काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सर्बसाधारणलाई निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक सानिमा क्यापिटलकै कार्यालयमा शेयर बाँडफाँड गरेको हो ।

क्यापिटलका अनुसार कम्पनीको आईपिओमा १७ लाख ९१ लाख ८ सय ९५ जनाको आवेदन परेकोमा २ हजार ७ सय ३८ जनाको आवेदन रद्द भएको छ। १७ लाख ८९ हजार १ सय ५७ जना आवेदक योग्य भएका छन् । आईपिओमा माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ ।

जस अनुसार गोलाप्रथाबाट १ लाख ३६ हजार ५ सय जना लगानीकर्ताले १० कित्ताको दरले शेयर पाएका छन् । यस हिसाबमा आवेदन दिएका मध्ये १६ लाख ५५ हजार ३ सय ९५ जना आवेदक हात खाली भएका छन् ।

कम्पनीले जेठ २० गतेदेखि जेठ २५ गते अन्तिम सर्बसाधारणलाई १५ लाख कित्ता शेयर निष्काशन गरेको थियो । जस मध्ये ६० हजार कित्ता कर्मचारीको लागि र ७५ हजार कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो। बाँकि रहेको १३ लाख ६५ हजार कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका दिए ।

प्रकाशित : ३ असार २०७९, शुक्रबार १५:५४