नेप्से परिसुचक २९.८९ अंकले गिरावट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्से परिसुचक २९.८९ अंकले गिरावट



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज बुधबार दोहोरो अंकले घटेको छ । आज नेप्से २९.८९ अंकले घटेर एक हजार ९ सय ६६ दशमलब ३७ विन्दुमा रोकिएको हो । त्यस्तै, आज कारोबार रकममा भने सामान्य सुधार भएको छ । आज नेप्सेमा एक अर्ब ४९ करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

आज कारोबार भएका कम्पनीहरु मध्ये १७ कम्पनीको शेयरमूल्य बढेको छ भने १७७ कम्पनीको शेयरमूल्य घटेको छ । यसमध्ये पनि दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज आँधिखोला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ४९३.२० रुपैयाँ पुगेको छ भने सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ४२०.४० रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार बलेफी हाइड्रोपावर कम्पनी र लाइफ इन्स्योरेन्स कम्पनी नेपालका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ८ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल दुरसञ्चार कम्पनीको भएको छ । यस कम्पनीको आज १२ करोड ५७ लाख भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित : १ असार २०७९, बुधबार १५:४१