नेप्सेको ओरालो यात्रा कायमै, ३६.०७ अंककाे गिरावट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्सेको ओरालो यात्रा कायमै, ३६.०७ अंककाे गिरावट



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मंगलबार पनि घटेको छ ।आज नेप्से ३६.०७ अंकले घटेर एक हजार ९ सय ९६ दशमलब २६ विन्दुमा झरेको हो ।

त्यस्तै, कारोबार रकममा पनि गिरावट आ एकाे छ । आज एक अर्ब १८ करोड ५५ लाख रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ ।

आज कारोबार भएका कम्पनीहरु मध्ये ५ कम्पनीको शेयरमूल्य बढेको छ भने १९० कम्पनीकोे शेयरमूल्य घटेको छ । यसमध्ये पनि एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज आँधिखोला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ८.१८ प्रतिशतले बढेर प्रतिकित्ता ४४८.४० रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार आज हिमालयन पावर पार्टनरका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ९.९९ प्रतिशतले घटेको छ ।


त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको आज ४ करोड ६७ लाख भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित : ३१ जेष्ठ २०७९, मंगलवार १५:१९