नेपाल आयल निगमले इन्धनको मूल्य घटायाे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

अर्थतन्त्र

नेपाल आयल निगमले इन्धनको मूल्य घटायाे

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ। निगमले पेट्रोल र डिजलमा प्रतिलिटर १० रुपैयाँ घटाएको हाे।अब प्रतिलिटर पेट्रोल १७० र डिजल १५३ रुपैयाँ कायम भएको छ। अन्यको इन्धनको मूल्य भने यथावत नै राखिएको निगमले जनाएको छ।

सरकारले पेट्रोलियम पदार्थमा लाग्ने प्रतिलिटर १० रुपैयाँ पूर्वाधार कर घटाएपछि मूल्य समायोजन भएको हो। बजेट वक्तव्यमार्फत नै सरकारले पेट्रोलमा लगाएको कर घटाउने घोषणा गरेको थियो। जेठ १० गते बसेको मन्त्रिपरिषद्को वैठकले तेलमा लगाइएको पूर्वाधार कर हटाउने निर्णय गरेको थियो। 

निर्णय भएको  एक साता पछि मात्रै अर्थले सोहीअनुसार मूल्य समायोजन गर्न निगमलाई पत्र पठाएको थियो।

प्रकाशित : १९ जेष्ठ २०७९, बिहिबार २१:०९ 2 June, 2022 9:09 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।