नेप्से १८.२६ अंकले घट्यो, कारोबार रकममा भने सामान्य सुधार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्से १८.२६ अंकले घट्यो, कारोबार रकममा भने सामान्य सुधार



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) केहि दिनदेखि निरन्तरओरालो लागिरहेको छ । आज बिहिबार पनि नेप्से १८.२६ अंकले घटेर दुई हजार एक सय १२ दशमलब ४७ विन्दुमा पुगेको हो ।

बुधबार नेप्से ७.२१ अंकले घटेर दुई हजार एक सय ३० दशमलब ७१ विन्दुमा बन्द भएको थियो ।त्यस्तै, आज कारोबार रकममा भने वृद्धि भएको छ । आज नेप्सेमा एक अर्ब १६ करोड १५ लाख १४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबार भएका ३९ कम्पनीको शेयरमूल्य बढेको छ भने १४९ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसमध्ये पनि एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भई सर्किट लेबलमा कारोबार भएको छ । आज बलेफी हाइड्रोपावर कम्पनीको शेयरमूल्य ९.९७ प्रतिशतले बढेर प्रतिकित्ता १५३.३० रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार आज प्रभु लाइफ इन्स्योरेन्सका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ६.४७ प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी माउन्टेन हाइड्रो नेपालको भएको छ । यस कम्पनीको आज १२ करोड १२ लाख ५८ हजार भन्दा बढीको कारोबार भएको छ।

प्रकाशित : १९ जेष्ठ २०७९, बिहीबार १५:२७