वैदेशिक रोजगार बचतपत्रका लागि राष्ट्र बैंकले खोल्यो आवेदन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

वैदेशिक रोजगार बचतपत्रका लागि राष्ट्र बैंकले खोल्यो आवेदन



काठमाडौँ । नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगार बचतपत्रका लागि आवेदन खुला गरेको छ । ५ वर्षे अवधिको यस बचतपत्रमा लगानी गर्नेले १२.५ प्रतिशत ब्याज पाउछन् । यो ब्याज रकम हाल बैंक तथा वित्तीय संस्थाले मुद्दतीमा दिनेभन्दा बढी हो ।

हाल वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दतीमा बढीमा ११. ०३ प्रतिशत मात्रै ब्याज दिन्छन् । बचतपत्रमा लगानी गर्नेले आफै वा इच्छाएको व्यक्तिमार्फत नजिकको बैंक शाखाबाट ब्याज रकम लिन सकिने छ । ६–६ महिनामा लगानीकर्ताले ब्याज पाउने राष्ट्र बैंकले जनाएको छ ।

घटीमा १० हजार रुपैयाा र बढीमा १० हजारले भाग गर्दा नि शेष भाग जाने रकम यसमा लगानी गर्न सकिन्छ । जेठ ६ गतेसम्म आवेदन दिन सकिन्छ । २०८४ असार १३ गते साँवा रकम फिर्ता हुनेछ ।

देशबाहिर रोजगारीमा संलग्न वा देशभित्र फर्केको ६ महिना नपुगेका नेपाली नागरिक वा गैर आवासीय नेपालीले आफू वा आफ्नो परिवारको सदस्यको नाममा यस्तो बचतपत्र किन्न सक्छन् । यस्तो बचतपत्र धितो राखी बैंकबाट ऋण पनि लिन सकिन्छ ।

प्रकाशित : १८ जेष्ठ २०७९, बुधबार १४:०९