दुर्घटनाग्रस्त तारा एयरमा सवार १४ जनाको शव भेटियो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

दुर्घटनाग्रस्त तारा एयरमा सवार १४ जनाको शव भेटियो



काठमाडौं । दुर्घटनाग्रस्त तारा एयरमा सवार १४ जनाको शव भेटिएको छ । नागरिक उड्ययन प्राधिकरणका अनुसार उनीहरुको पहिचान हुन भने बाँकी छ रअरुको खोजी भइरहेको छ जनाएकाे छ । आइतबार विहान पोखराबाट जोमसोमका लागि उडेको जहाज सम्पर्कविहीन भएको थियो ।

तीन चालक दलका सदस्यसहित २२ जना सवार तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ सानसुरे भन्ने भीरमा ठोक्किएर दुर्घटना भएको अवस्थामा भेटिएको छ ।

प्रकाशित : १६ जेष्ठ २०७९, सोमबार १३:१०