काठमाडौं । सरकारले जीवन बीमा गर्दा ४० हजार रुपैयाँ कर छुट दिने व्यवस्था गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्य मार्फत जीवन बीमा गर्दा वार्षिक ४० हजार रुपैयाँ कर छुट पाउने व्यवस्था गरिदिएका हुन् ।
जीवन बीमा गर्दा ४० हजार रूपैयाँ आयकर छुट पाउने व्यवस्था गरिदिए सँगै न्युन तथा मध्यम आय वर्गका नेपालीले राम्रो कर छुट पाउने भएका छन् । सरकारले आगामी साउन एक गतेदेखि लागु हुने गरी व्यक्तिगत हकमा वार्षिक ५ लाख र दम्पत्तीको हकमा वार्षिक ६ लाख रुपैयाँसम्मको आम्दानीमा एक प्रतिशत कर तिरे पुग्ने व्यवस्था गरिदिएको छ । यो व्यवस्था सँगै अव जीवन बीमा गर्ने व्यक्तिको हकमा ५ लाख ४० हजार र दम्पत्तीको हकमा ६ लाख ४० हजार रुपैयाँसम्मका कर छुट पाउने भएका छन् ।
Comment