काठमाडौं । मन्त्रिपरिषदको बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको छ ।आज बसेको मन्त्रिपरिषदको बैठकले नीति तथा कार्यक्रम पारित गरेको हो ।
आज दिउँसो ४ बजे संघीय संसदमा राष्ट्रपति विद्या भण्डारीले नीति तथा कार्यक्रम पेस गर्नेछिन् ।
आजसम्म नीति तथा कार्यक्रम पेस गरिसक्नेपर्ने संवैधानिक व्यवस्था छ । आगामी जेठ १५ गते नयाँ बजेट आउँदै छ ।
Comment