विन नेपाल लघुवित्तको सेयर कारोबार रोक्का « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

विन नेपाल लघुवित्तको सेयर कारोबार रोक्का



काठमाण्डौ । लाभांश संशोधन सार्वजनिक गरेकै दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले विन नेपाल लघुवित्तको शेयर कारोबार रोक्का गरेको छ । नेप्सेले बुक क्लोजको मितिलाई लिएर लघुवित्तमाथि कारबाही गर्दै सेयर कारोबार रोक्का गरेको हो।

कम्पनीले प्रस्तावित लाभांश पारितका लागि जेठ २० गते वार्षिक साधारण सभा आव्हान गर्दै जेठ ३ गतेदेखि बुक क्लोज गर्ने मिति तय गरेको हो । सूचीकृत कम्पनीहरुले बुक क्लोज सम्बन्धी जानकारी कम्तिमा सात दिन अगाडी नेप्सेलाई दिनुपर्ने व्यवस्था धितोपत्र सूचीकरण विनियमावलीमा रहेको छ । सो व्यवस्था अनुसार कम्पनीले जानकारी नगराएकाले कारोबार रोक्का गरिएको नेप्सेले जानकारी दिएको छ ।

विन नेपाल लघुवित्तले यही व्यवस्थाको उल्लंघन गरेकोले सेयर कारोबार रोक्का राखी यसबारे चुत्ताबुझ्दो स्पष्टीकरण अब तीन दिनभित्र नेप्सेमा पठाउन पनि नेप्सेले निर्देशन दिएको छ।

प्रकाशित : ३ जेष्ठ २०७९, मंगलवार १५:४२