प्राइम, गुँरास र यूनियन लाइफ इन्स्योरेन्स मर्जरमा जाने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

प्राइम, गुँरास र यूनियन लाइफ इन्स्योरेन्स मर्जरमा जाने



काठमाडौं । तीन जीवन बीमा कम्पनीहरुले एक आपसमा मर्जरका लागि सम्झौता गरेका छन् । आज प्राइम लाइफ इन्स्योरेन्स कम्पनी, गुराँस लाइफ र यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले एक आपसरमा गाभिने गाभ्ने र मर्जरका लागि एक कार्यक्रबीच सम्झौता गरेका हुन् । निर्जीवन बीमा कम्पनीहरुले मर्जरका लागि सम्झौता गरेसँगै यी तीन जीवन बीमा कम्पनीहरुले पनि नेपालमा पहिलो पटक मर्जरका लागि सम्झौता गरेका छन् ।

हाल प्राइम लाइफको चुक्ता पूँजी २ अर्ब ७७ करोड ९६ लाख १६ हजार रुपैयाँ रहेको छ । गुराँस लाइफको २ अर्ब ८ करोड ४२ लाख ५० हजार रुपैयाँ रहेको छ भने यूनियन लाइफको २ अर्ब १५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ । यी तीन कम्पनीले एक बराबर १ को अनुपातमा शेयर आदानप्रदान गरेको खण्डमा मर्जर भएपछि चुक्ता पूँजी ७ अर्ब १ करोड ३८ लाख ६६ हजार हुनेछ । अर्थात यी तीन कम्पनी मर्जरपछि नेपाल लाइफपछि दोस्रो ठुलो चुक्ता पूँजी भएको कम्पनी बन्नेछन् ।

स्वाप रेसियो डिडिए मुल्यांकन पछि तय हुनेछ । अबको एक हप्तापछि एक्चुरी भ्यालुएशनको टिम नेपाल ल्याएर एक्चुरीको काम सम्पन्न गराएर स्वाप रेसियो तय गर्ने गरी अहिले प्रारम्भिक सम्झौता गरेको प्राइम लाइफका एक संचालकले बताए । बीमा समितिले दिएको निर्देशन अनुसार यी तीन कम्पनीले मर्जर सम्झौता गर्ने निर्णय गरेका हुन् ।

प्रकाशित : २९ बैशाख २०७९, बिहीबार १९:३९