चिलिमे जलविद्युतको नाफा ५२ करोड भन्दा बढी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

चिलिमे जलविद्युतको नाफा ५२ करोड भन्दा बढी



काठमाडौं । चिलिमे जलविद्युत कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।उक्त अवधिमा कम्पनीले ५२ करोड २० लाख भन्दा बढी खुद नाफा कमाएको छ । जुन गत वर्षको चैत मसान्तसम्मको तुलनामा १.२४ प्रतिशतले बढी हो ।

गत वर्षको सोही अवधिमा कम्पनीले ५१ करोड ५६ लाख भन्दा बढी नाफा गरेको थियो ।

उक्त अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानीमा भने सामान्य सुधार गरेको छ । गत वर्षको तेस्रो त्रैमासमा ८० करोड ९२ लाख भन्दा बढी खुद आम्दानी गरेको कम्पनीले यस वर्ष भने १.७६ प्रतिशतले वृद्धि भएको हो ।

चालु आवको नौ महिनाको अवधिमा कम्पनीको संचालन मुनाफामा भने गिरावट आएको छ । गत वर्षको चैत मसान्तसम्ममा ५५ करोड १८ लाख भन्दा बढी नाफा कमाएको कम्पनीले यस वर्षको सोही अवधिमा भने घटेर ५४ करोड ३२ लाख बढी रहेको छ ।

कम्पनीको चुक्ता पुँजी ६ अर्ब ७५ करोड १७ लाख ९४ हजार रुपैयाँ रहेको छ । कम्पनीको रिटेन्ड अर्निङ्ग भने ४.२७ प्रतिशतले वृद्धि भएर ३ अर्ब ३९ करोड ८७ लाख १२ हजार रुपैयाँ पुगेको छ ।चैत मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १५०.३४ रुपैयाँ, मूल्य आम्दानी अनुपात २९.४० गुणा रहेको छ ।

प्रकाशित : २८ बैशाख २०७९, बुधबार १४:१६