गोर्खाज फाइनान्सले बोलायो साधारणसभा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

गोर्खाज फाइनान्सले बोलायो साधारणसभा



काठमाडौँ । गोर्खाज फाइनान्स लिमिटेडले साधारणसभा बोलाएको छ । कम्पनीले जेठ २७ गते साधारणसभा बोलाएको जानकारी नेपाल स्टक एक्सचेञ्जलाई गराएको छ ।

कम्पनीको संचालक समितिको वैशाख २६ गते बसेको बैठकको निर्णय अनुसार जेठ २७ गते शुक्रबार साढे ११ बजे अनुपम फुडल्याण्ड एण्ड व्याङ्क्वेट वानेश्वरमा साधारण सभाको मिति तय गरेको हो ।

उक्त साधारण सभा प्रयोजानका लागी जेठ १२ गते देखि २७ गतेसम्म बुक क्लोजको मिति तय गरिएको छ । साधारणसभामा लाभांशको कुनै प्रस्ताव छैन । हाल संस्थाको चुक्ता पूँजी ८६ करोड ७९ लाख ९३ हजार ८०० रहेको छ ।

प्रकाशित : २७ बैशाख २०७९, मंगलवार १२:१५