महालक्ष्मी लाइफ इन्स्योरेन्सद्वारा मर्जर कमिटी गठन, चुक्ता पूँजी ५ अर्ब पुर्याउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

महालक्ष्मी लाइफ इन्स्योरेन्सद्वारा मर्जर कमिटी गठन, चुक्ता पूँजी ५ अर्ब पुर्याउने



काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सले मर्जर कमिटि गठन गरेको छ । संचालक समितिको ५८ औं बैठकले संचालक सुरेश सापकोटाको संयोजकत्वमा संचालक उमेशलाल श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई सम्मिलित तिन सदस्यीय मर्जर कमिटी गठन गरेको छ ।

कम्पनीको अधिकृत पूँजी र जारी पूजी क्रमशः ५०० करोड र ३ सय करोड हुने गरी पूँजी बृद्धि गर्ने, सर्वसाधारणलाई ९० करोड बराबरको शेयर निष्काशन गर्ने तथा मर्जर, एक्विजेसन गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने गरी निर्णय गरेको छ ।

बीमा समितिले चैत्र १० गतेको निर्देशनबाट कम्पनीको चुक्ता पूँजी ५०० करोड गर्ने निर्देशन दिइसकेपछि संचालक समितिको निर्णय अनुसार पूँजी बृद्धि योजना पेश गरेको थियो ।

सोही योजना बमोजिम बीमा समितिबाट पूँजी बृद्धि गर्ने सहमती लिएर विशेष साधारण सभा आव्हान गरेको थियो।

प्रकाशित : २५ बैशाख २०७९, आईतवार १७:०८