एन आई सी एशिया क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तर्गत “९९ प्रतिशत प्रोफिट योजना” « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

अर्थबजार स्टोरी

एन आई सी एशिया क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तर्गत “९९ प्रतिशत प्रोफिट योजना”

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । एन आई सी एशिया क्यापिटलले “हजुरहरुको लगानी व्यवस्थापन एन आई सी एशिया क्यापिटलको साथमा, प्रोफिटको ९९प्रतिशत हजुरको हातमा” भन्ने अभियान सहित शेयर बजारमा प्रवेश गर्न चाहने नयाँ लगानीकर्ताहरु तथा विदेशमा बसोबास गर्ने नेपालीहरुलाई शेयर बजारमा भित्र्याउने योजना संचालन गरेको छ ।

यो योजनामा समग्र शेयर बजारको विकास, विस्तार गर्न महत्वपूर्ण सहयोग पु¥याउने मुख्य उद्देश्यका साथ लगानी व्यवस्थापन सेवा अन्तर्गत सिमित अवधीको लागि “९९ प्रतिशत प्रोफिट योजना” संचालन गरेको छ । उक्त योजना अन्तर्गत क्यापिटलले सेवाग्राहीहरुलाई निःशुल्क लगानी व्यवस्थापन सेवा उपलब्ध गराउनुको साथै लगानी गरिएको रकमबाट प्राप्त मुनाफामा मात्र १ प्रतिशत पर्फमेन्स फिस लिने व्यहोरा समेत सम्बन्धित सबैमा जानकारी गराएको छ ।

यस ९९ प्रतिशत प्रोफिट योजना अन्तर्गतको सेवाले शेयर बजार सम्बन्धी ज्ञान नभएका नयाँ लगानीकर्ताहरु, लहैलहैमा शेयर बजारमा प्रबेश गरी राम्रो सँग आफ्नो पोर्टफोलियो व्यवस्थापन गर्न नसकिरहेका लगानीकर्ताहरु, शेयर बजार सम्बन्धी ज्ञान तथा बजारबाट प्राप्त गर्ने अवसरको बारेमा राम्रो जानकारी हुँदाहुदै पनि समय अभावको कारणले गर्दा लगानी गर्न नसकिरहेका व्यक्ति तथा संस्थाहरुले लाभ लिन सक्ने क्यापिटलको विश्वास रहेको छ ।

साथै, उक्त सेवा लिने सेवाग्राहीहरुलाई शेयर बजार सम्बन्धी राम्रो ज्ञान, दक्ष तथा अनुभवी कर्मचारीहरुको समूहबाट सुक्ष्म रुपमा बजारको अध्ययन गरी लगानी गर्ने सम्बन्धी निर्णय गरिने छ । जसले गर्दा बजारमा आउने उतार चडावबाट सेवाग्राहीहरुले उचित लाभ लिन सक्नेछन् ।

प्रकाशित : २३ बैशाख २०७९, शुक्रबार २१:३६ 6 May, 2022 9:36 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।