काठमाडौं । आईजीपी नियुक्ति गर्न मन्त्रिपरिषद बैंठक बस्दै छ । आईजीपी कसलाई नियुक्ति गर्ने भन्ने बिषयमा सत्ता गठबन्धन दलबीच कुरा नमिल्दा आज ११ बजे बस्ने भनिएको मन्त्रिपरिषदको बैंठक केही ढिला हुन गएको हो ।
सत्ता गठबन्धनको एउटा पक्ष प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेललाई प्रहरी प्रमुख आईजीपीमा बढुवा गर्नु पर्छ भन्दै आएको छ ।
अर्कोतर्फ, प्रधानमन्त्री शेरबहादुर देउवा तेस्रो नम्बर वरियतामा रहेका धिरजप्रताप सिंहलाई आईजीपी बनाउने पक्षमा उभिएका छन् ।
Comment