अजाेड इन्स्योरेन्समा पुनः खत्री « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

अजाेड इन्स्योरेन्समा पुनः खत्री



काठमाडाै । अजोड इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कुमार बहादुर खत्री पुनः नियुक्त भएका छन् । इन्स्योरेन्स कम्पनीको वैशाख १५ गते सम्पन्न सञ्चालक समितिको १०४ औं बैठकले खत्रीलाई आगामी चार वर्षका लागि पुनः नियुक्ति गर्ने निर्णय गरेको हो ।

कम्पनी सञ्चालक समितिको सिईओ बनाउने निर्णय स्वीकृतिका लागि बीमा समितिमा पेश गर्ने निर्णय पनि सोही बैठकले गरेको छ । समितिले स्वीकृति दिएमा खत्री २०८३ वैशाखसम्म अजोड इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारीको रुपमा कार्यभार सम्हाल्न।े छन् ।

प्रकाशित : १६ बैशाख २०७९, शुक्रबार १६:२९