स्प्रेड दर घट्दो ,आधार दर बढ्दो, कुन बैंकको कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

स्प्रेड दर घट्दो ,आधार दर बढ्दो, कुन बैंकको कति ?



काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आईपुग्दा बैंकहरुको स्प्रेड दर घट्दो अबस्थामा छन् भने आधार दर बढ्दो अवस्थामा देखिएका छन्। बैंकहरुको आधार दर २.२२ प्रतिशतले बढेको छ भने स्प्रेड दर पनि केन्द्रिय बैंकले तोकेकै विन्दुभित्र राखेका छन्।

अहिले वाणिज्य बैंकहरुको कर्जाको ब्याजदर खासै परिवर्तन भएको छैन्। बैंकहरुले पछिल्लो समय सार्वजानिक गरेको वित्तीय विवरणमा समेत आधार दर अझै बढ्दो क्रममा देखिएकाले ब्याजदर अझै बढ्न सक्ने सम्भावना देखिन्छ । कोरोना माहामारी, लकडाउन र निषेधाज्ञाको समाना गर्दै आइरहेका बैंकहरुले देशमा भएको राजनितिक उत्तरचढाब, पछिल्लो समय चुनावी माहोलले गर्दा बैकहरुसंग प्रशस्त रकमको कमि रहेको छ । जसले गर्दा कर्जा लगानी बढाउन सकिरहेको छैनन् ।

तरलता अभाव भएसंगै ब्याजदरमा समेत बृद्धि भएको छ । पहिला ७ प्रतिशत सम्म बैंकहरुले ब्याज लिदै आएका थिए । तर अहिले ह्वातै बढेको छ । बैंकहरुको स्प्रेड दर औषतमा पहिलाको भन्दा ०.१२ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकहरुले औषतमा ४.४० प्रतिशत स्प्रेड रेट कायम गरेका छन् । केन्द्रिय बैंकले ४.४ प्रतिशतभन्दा कम स्प्रेड दर कायम गर्नुपर्ने व्यवस्था गरेको छ । कुनै बैंकहरुले तोकिएको सिमाको हाराहारीमा राखेका छन् भने कुनै बैकहरुले सिमा भन्दा पनि तल राखेका छन् ।

गत आर्थिक वर्षमा उच्च स्प्रेड दर कायम गरेर नाफा कमाउदै आएका बैंकहरुले चालु आर्थिक वर्षको सुरुवात देखि नै स्प्रेड दर घटाउनु परेको छ। गत आर्थिक वर्षको चैत्रमा एक बैंकको स्प्रेड दर औषतमा ४.४० प्रतिशत थियो। तर चालु आर्थिक वर्षको तेस्रो त्रैमासको चैत्रमा उक्त दर घटेर ३.६७ प्रतिशत पुगेको छ ।
चैत्र महिनासम्ममा स्ट्याण्डर चार्टड बैंकको स्प्रेड दर सबैभन्दा थोरै २.९६ प्रतिशत छ । गत बर्षको चैत्रमा यस बैंकको स्प्रेड दर ४.०५ प्रतिशत थियो । यस हिसाबले यो अवधिमा सबैभन्दा धेरै स्प्रेड दर घट्नेमा स्ट्याण्डर चार्टड बैंक रहेको छ । जुन १.०९ प्रतिशत घटेको छ । त्यसैगरी पहिलाको भन्दा नेपाल बैंकको ०.९८ प्रतिशत स्प्रेड दर घटेको छ । पहिला २०७७ साल चैत्रमा यसको रेसियो ४.३७ थियो भने एक बर्ष पछि २०७८ साल चैत्रमा ३.३९ प्रतिशत थियो ।

नेपाल बंगलादेश बैकको अहिले ३.०५ प्रतिशत छ । जुन पहिलाको तुलनामा ०.९७ प्रतिशत घटेको छ । पहिलाको हेरी अहिले सबैभन्दा कम स्प्रेडदर भएको बैक कृषि विकास बैक हो । यसको स्प्रेडदर पहिला ४.३५ प्रतिशत थियो भने अहिले ४.३३ प्रतिशत छ । जुन तुलनात्मक हिसाबले हेर्दा ०.०२ प्रतिशत मात्र घटेको छ ।

अहिले स्प्रेडदर सबैभन्दा बढी बढेको भनेको कुमारी बैंक रहेको छ । यसको अहिलेको स्प्रेडदर पहिलाको भन्दा २०७८ चैत्रसम्म ३.९७ प्रतिशत बढी छ । जुन पहिलाको तुलनामा ०.७८ प्रतिशत बढी हो । सबैभन्दा कम स्प्रेड बढेको चैत्रसम्ममा एनआईसी एसिया बैक हो । यसको तुलनात्मक रुपमा पहिलाको भन्दा ०.०२ प्रतिशत बढेको छ ।

तेस्रो त्रैमासमा २७ वटा वाणिज्य बैंकको आधार दर औषतमा ९.१२ प्रतिशत रहेको छ । एक बर्ष अघि अर्थात २०७७ साल चैत्रसम्ममा बैंकहरुको आधार दर औषतमा ६.९० प्रतिशत थियो। यस अवधिमा बैंकहरको आधार दर २.२२ प्रतिशत बढेको छ ।

सरकारी स्वामित्तोमा रहेका सबैभन्दा कम बढेको राष्ट्रिय वाणिज्य बैंकको आधार दर ७.०७ प्रतिशत रहेको छ । आधार दर घटाएर कर्जाको ब्याजदर सस्तो बनाएपनि बैंकले सोचेजति कर्जा भने लगानी गर्न सकेको छैन। त्यस्तै स्ट्यान्डर चार्टड बैंकको ७.५५ प्रतिशत, नेपाल बैकको ८.१९ प्रतिशत नबिलको ८.२२ प्रतिशत, कृषि विकास बैंकको८.२८ प्रतिशत आधार दर कायम भएको छ ।

यस अवधिमा सिभिल बैंकको आधार दर सबैभन्दा धेरै छ। उसको आधार दर १०.२४ प्रतिशत छ । त्यस्तै सनराईज बैंकको १०.११ प्रतिशत, मेघा बैंकको ९.९४प्रतिशत, कुमारी बैकको ९.८५ प्रतिशत, सिटिजन्स् बैंकको ९.८१ प्रतिशत, हिमालयन बैंकको ९.७३ प्रतिशत आधार दर रहेको छ।

बढी आधार दर रहेको बैंकमा तुलनात्मक रुपमा कर्जाको ब्याजदर केहि महँगो हुन्छ। बैङ्कहरूबीच प्रतिस्पर्धा बढ्दै गएको कारण उनीहरूले सकेसम्म प्रिमियम र ब्याज कम गर्ने गरेका छन्। प्रतिस्पर्धाकै कारण केहि बैंकले स्प्रेड दर समेत केन्द्रिय बैंकले भनेको भन्दा पनि निकै कम विन्दुमा राखेका छन्। तर अहिले प्रशस्त मात्रामा बंैकहरुमा लगानी दिने रकम नभएकोले कतिपय बैंकहरु मारमा छन् ।

प्रकाशित : १५ बैशाख २०७९, बिहीबार १४:२०