गरिमा विकास बैंकका ग्राहकलाई पोखराको अन्नपूर्ण केवलकारमा छुट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

गरिमा विकास बैंकका ग्राहकलाई पोखराको अन्नपूर्ण केवलकारमा छुट



काठमाडौं । गरिमा विकास बैंकले नेपालकै पर्यटकिय स्थल पोखराको फेवाताल देखि सराङ्कोटसम्म हालसालै सञ्चालनमा आएको अन्नपूर्ण केवलकारमा आकर्षक छुट सम्बन्धि सम्झौता गरेको छ ।


सम्झौता अनुरुप, विकास बैंकको मोबाईल बैकिङ्ग तथा डेविट कार्ड प्रयोग गर्ने सेवाग्राहीहरुले केवलकारको टिकट मूल्यमा १० प्रतिशत छुट प्राप्त गर्न सक्ने छन् ।


हाल, गरिमा विकास बैंकले नेपालभर ११९ शाखा कार्यालय, १ एक्स्टेन्सन कार्यालय र ५१ एटिएमबाट सरल, सुलभ एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आईरहेको छ ।

प्रकाशित : १५ बैशाख २०७९, बिहीबार ११:४९