सरकारको कदम प्रति राष्ट्रिय कर्मचारी संगठनको चर्काे आलोचना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सरकारको कदम प्रति राष्ट्रिय कर्मचारी संगठनको चर्काे आलोचना



काठमाडौं । राष्ट्र बैंकको ६७औं बार्षिकोत्सवको अवसरमा बुधबारआयोजित कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीमाथि सरकारले गरेको कारवाहीको बिरुद्धमा राष्ट्र बैंकका सबै कर्मचारी युनियनहरुले बिभिन्न धारणा राखेका छन् ।

राष्ट्रिय कर्मचारी संगठनका रेशमराज बल्छौडे, वित्तीय कर्मचारी संघका राजिव रेग्मी कर्मचारी संघका रुद्र तिमिल्सिनालगायतले सरकारको पछिल्लो कदमका बारेमा सरकारले राष्ट्र बैंकबाट गोप्य सुचना मागेर अर्थमन्त्रीले सञ्चार माध्यममा बाँडेको आरोप लगाएका छन्। त्यसैगरी सरकारले गर्न नमिल्ने गतिबिधि गरेको र आर्थिक वित्तिय क्षेत्रलाई असरगर्ने काम गरेको भन्दै चर्काे आलोचना गरेका छन्।

साथै , वित्त माफियाको समुहले सरकारलाई उक्साएर केन्द्रीय बैंकको स्वायत्ततामाथि प्रहार भएको उनीहरुले आरोप लगाएका हुन्।

प्रकाशित : १४ बैशाख २०७९, बुधबार २०:३०