काठमाडाैं । जेठदेखि साताको ४ दिन मात्र शेयर कारोबार हुने भएको छ । सरकारले जेठ १ गतेदेखि लागु हुने गरि आइतबार पनि सार्वजनिक विदा दिने निर्णय गरेकोले सातामा ४ दिन मात्र शेयर कारोबार हुने भएको हो ।
मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सातामा २ दिन सार्वजनिक विदा दिने निरन्य गरेको बताए । उनका अनुसार जेठ १ गतेदेखि लागु हुने गरी शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय सरकारले गरेको छ ।
उनका अनुसार हप्तामा २ दिन सार्वजनिक बिदा दिने भएपछि कार्यालय समय बिहान ९ः३० बजेदेखि साँझ ५ः३० बजेसम्म कार्यालय समय कायम हुनेछ । यो परीक्षणका लागि गरिएको उनको भनाई छ ।
Comment