काठमाडौ । नेपाल सरकारले सातामा दुई दिन बिदा दिने निर्णय गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो कुराको जानकारी दिए ।
मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय बुधबार सार्वजनिक गर्नुहुँदै सरकारका प्रवक्ता कार्कीले शनिबार र आइतबार दुई दिन सार्वजनिक दिने निर्णय भएको जानकारी दिए ।
उनका अनुसार आगामी जेठ १ गतेदेखि लागू हुने गरी बिहान ९ः३० बजेदेखि र साँझ ५ः३० बजेसम्म कार्यालय समय कायम गर्ने निर्णय भएको छ । मन्त्री कार्कीले यो निर्णयबारे विस्तृत रुपमा बताइसक्नुभएको छैन र यो परीक्षणको रुपमा बिदा दिने निर्णय भएको हो ।
Comment