आयकरको सीमा ८ लाख पुर्याउन माग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

आयकरको सीमा ८ लाख पुर्याउन माग



काठमाडाैं । बजेटमा आयमा कर छुटको सीमा व्यक्तिको लागि ७ लाख र दम्पतिको लागि ८ लाख बनाउन महासंघले माग गरेको छ । अन्य मुलुकको तुलनामा आयकर स्ल्याब कम रहेको उल्लेख गर्दै संशोधनको माग गरिएको अग्रवालले बताए ।

महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले नेपालमा कसले र कुन क्षेत्रमा कति कर उठाउने भन्ने अध्ययन नै नभएको भन्दै व्यवस्थित कर प्रणालीमा जोड दिए । कर विज्ञ डा. रुप खड्काले मूल्य अभिवृद्धि कर सुधारको आवश्यकता रहेको बताए ।

महासंघले एक सयभन्दा ठूला भारु नोट चल्ने व्यवस्था गर्न पनि माग गरेको छ । यसले विदेशी मुद्रा सञ्चिति पनि बलियो बन्ने महासंघको तर्क छ ।

प्रकाशित : १४ बैशाख २०७९, बुधबार ११:१३