काठमाडाै । बीमा कम्पनीहरुले पुँजी वृद्धिको योजना बुझाएका छन् । बीमा समितिको निर्णय बमोजिम एक बर्ष भित्र पुँजी पुराउने र एक महिनाभित्र क्यापिटल प्लान पेश गर्न निर्देशन दिएको थियो ।
निर्देशन बमोजिम सबै बीमा कम्पनीहरुले उक्त प्रस्ताव पेश गरि सकेको समितिका कार्यकारी निर्देशन राजुरमण पाैडेलले अर्थबजार डटकमलाई जनाकारी दिए । पेश भएका प्रस्ताव उपर भने छलफल हुन बाँकी रहेको पाैडेलले बताए । गत चैत १० गते बीमा कम्पनीहरुको चुक्तापुँजी बढाउने निर्णय गरेको थियो ।
बीमा समितिले हाल २ अर्ब रुपैयाँ चुक्तापुँजी भएका जीवन बीमा कम्पनीको न्यूनतम चुक्तापुँजी ५ अर्ब रुपैयाँ र १ अर्ब रुपैयाँ चुक्तापुँजी भएका निर्जीवन बीमा कम्पनीको साढे २ अर्ब रुपैयाँ पुर्याउनुपर्ने निर्णय गरेको थियो।
समितिले कम्पनीहरुले क्यापिटल प्लान पेश गरेका पुँजीवृद्धिका योजनाहरु अध्ययन गर्ने र सो अनुसार अध्ययन गरि मर्जर वा पुँजिवृद्धिको विकल्पमा जान सक्ने बिषयमा अध्ययन गरि सोहि अनुसार निर्देशन दिनेछ ।
नेपालमा अहिले १९ वटा जीवन बीमा कम्पनी, २० वटा निर्जीवन बीमा कम्पनी र २ वटा पुनर्बीमा कम्पनी संचालनमा रहेका छन् ।
Comment