नेप्सेसंगै कारोबार रकम पनि घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्सेसंगै कारोबार रकम पनि घट्यो



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको कारोबारको तेस्रो दिन मंगलबार दोहोरो अंकले घटेको छ । आज नेप्से १५.०२ अंकले घटेर दुई हजार ३ सय ७१ दशमलब शुन्य विन्दुमा पुगेको हो । त्यस्तै, आज नेप्सेमा एक अर्ब ४ करोड ६० लाख १४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबार भएका मध्ये ३५ कम्पनीको शेयरमूल्य बढेको छ, १५६ कम्पनीकोे शेयरमूल्य घटेको छ भने ५ कम्पनी स्थिर रहेका छन् । यसमध्ये पनि जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यसको शेयरमुल्य आज प्रतिकित्ता ९४४.४० रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार आज हिमालयन पावर पार्टनर र मल्टीपर्पोज फाइनान्स कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ५ प्रतिशतले घटेको छ ।

यसैगरी, कारोबारको आधारमा आज सबैभन्दा बढी सिद्धार्थ बैंकको भएको छ । यस कम्पनीको आज ४ करोड २१ लाख ८२ हजार भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित : १३ बैशाख २०७९, मंगलवार १५:२२