९ महिनामै १ अर्ब ५३ करोड कमाएको माछापुच्छ्रे बैंकको अन्य सूचक कस्तो छ ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

९ महिनामै १ अर्ब ५३ करोड कमाएको माछापुच्छ्रे बैंकको अन्य सूचक कस्तो छ ?



काठमाडाैं । चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्ममा माछापुच्छ्रे बैंक लिमीटेडले अधिकांश सूचकमा प्रगति गरेको छ । बैंकले प्रकाशित गरेको अपरिस्कृत तेश्रो त्रैमासको वित्तीय विवरणमा मुख्य सूचकमा उल्लेखनिय प्रगति गरेको देखिएको छ ।

बैंकले यस अवधिमा माछापुच्छ्रे बैंकले खूद मुनाफा १ अर्ब ५५ करोड रुपैयाँ आर्जन गरेको छ । जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा २०.२४ प्रतिशतले बढी हो । वित्तीय विवरण अनुसार बैंकको ब्याजदर स्प्रेड ४.०४ प्रतिशतबाट सामान्य बढेर ४.१९ प्रतिशतमा आइपुगेको छ । खुद ब्याज आम्दानीमा उल्लेख्य सुधार भइ ३ अर्ब ६० करोड २८ लाख रुपैयाँ पुर्‍याउन बैंक सफल भएको हो । खुद मुनाफामा उल्लेख्य उपलब्धि हासिल गरेको बैंकको वितरणयोग्य नाफा ८२ करोड ८२ लाख रुपैयाँ पुगेको छ ।

९ महिनामा बैंकले १८ अर्ब रुपैयाँको कर्जा विस्तार गरेको छ । २०७८ असार मसान्तसम्म सर्वसाधारणलाई १ खर्ब १३ अर्ब ५७ करोड २० लाख रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको बैंकले यस्तो कर्जा विस्तार गर्दै १ खर्ब ३१ अर्ब १७ करोड २७ लाख रुपैयाँ पुर्‍याएको छ । यसबीचमा निक्षेपमा पनि १० अर्बले बढेर १ खर्ब ४१ अर्ब ८ करोड ८ लाख रुपैयाँ कायम भएको वित्तीय विवरणले देखाउँछ ।

१० अर्ब २५ करोड ७१ लाख रुपैयाँ चुक्तापुँजी भएको बैंकले रिर्जभमा ७० करोड रुपैयाँ थपेको छ । ९ महिनाको अवधिमा रिजर्भ विस्तार भइ ३ अर्ब २० करोड ९८ लाख रुपैयाँ पुगेको बैंकले जनाएको छ । चैत मसान्तसम्म बैंकको प्रतिसेयर आम्दानी २०.१७ रुपैयाँ कायम भएको छ । गत वर्षको चैत मसान्तसम्म ईपीएस १६.७८ रूपैयाँमात्र थियो । यस्तै प्रतिसेयर नेटवर्थ १३९.७० रुपैयाँ पुगेको बैंकले जनाएको छ ।

यता खराब कर्जा ०.५१ प्रतिशतबाट सामान्य बढेर ०.८१ प्रतिशत कायम हुँदा कस्ट अफ फन्ड सामान्य बढेको छ । बैंकको बेसरेट ९.६३ प्रतिशत पुगेको वित्तीय विवरणमा उल्लेख छ ।

प्रकाशित : 20 April, 2022 8:44 am