सीतापाइला बहुउद्देश्यीय सहकारी र सरल बहुउद्देश्यीय सहकारी एक आपसमा गाभिए « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सीतापाइला बहुउद्देश्यीय सहकारी र सरल बहुउद्देश्यीय सहकारी एक आपसमा गाभिए



काठमाडाैँ । सीतापाइला बहुउद्देश्यीय सहकारी संस्था र सरल बहुउद्देश्यीय सहकारी संस्थाबीच एकिकरण कार्यक्रम सम्पन्न भएको छ ।

काठमाण्डौको सीतापाइलामा रहेको सीतापाइला र ललितपुरको बागडोलमा रहेको सरलबीच एकिकरण भई संयुक्त कारोबार शुरु गरिएको हो ।

एकिकरणपछि ललितपुरको बागडोलमा सरल सेवा केन्द्रको नाममा सञ्चालन हुने भएको छ ।

संस्थाका अध्यक्ष केदार मानन्धरको सभापतित्वमा भएको एकिकरण कार्यक्रममा पूर्व मन्त्री तथा सहकारी महासंघका पूर्व अध्यक्ष दिपक प्रसाद बाँस्कोटाले एक कार्यक्रमका सेवा केन्द्रको उद्घाटन गरेका थिए ।

सोही अवसरमा संस्थाले सदस्यहरुका लागि एटिएम सेवा समेत शुभारम्भ गरेको छ भने गणेशमान मेमोरियल अस्पतालसँग सहकार्य गरी सदस्यहरुलाई स्वास्थ्योपचारमा विशेष छुटको व्यवस्था मिलाएको जनाएको छ ।

प्रकाशित : 19 April, 2022 6:38 pm