युनियन लाइफ इन्स्योरेन्सले १३ गते बुक क्लोज गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

युनियन लाइफ इन्स्योरेन्सले १३ गते बुक क्लोज गर्ने



काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सले वैशाख २३ गते हुने साधारण सभाको लागि बुक क्लोज मिति घोषणा गरेको छ।चौथो वार्षिक साधारण सभा प्रयोजनको लागि आगामी वैशाख १३ गते बुक क्लोज गर्ने भएको हो।

यस हिसाबले वैशाख १२ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् । सभा भैरहवास्थित टाइगर प्यालेस रिर्सोट , रुपन्देहीमा हुने जनाएको छ ।

सभाले आव २०७७/ ७८ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

त्यसैगरी सभाले सञ्चालक समितिमा संस्थापक शेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने चार जना र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

साथै सभाले कम्पनी तथा अन्य जीबन बीमा कम्पनी बीच एक आपसमा मर्जर तथा प्राप्ति गर्ने सम्बन्धी आवश्यक सम्पूर्ण कार्यहरु गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

प्रकाशित : ५ बैशाख २०७९, सोमबार १६:४८