डलरको भाउ कति पुग्यो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

डलरको भाउ कति पुग्यो ?



काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार डलरको भाउ लगातार चार दिनदेखि एउटै छ । गत वैशाख १ गते अमेरिकन १ डलरको खरिददर १२१ रुपैयाँ ५९ पैसा र विक्रीदर १२२ रुपैयाँ १९ पैसा कायम भएको थियो । त्यसयता डलरको भाउमा फेर बदल आएको छैन् । वैशाख ४ गते आइतबार (आज) पनि डलर उक्त मूल्यमा नै खरिद विक्री भइरहेको छ ।  

त्यसैगरी आज युरोपियन युरो १ को खरिददर १३१ रुपैयाँ ४९ पैसा र विक्रीदर १३२ रुपैयाँ १४ पैसा छ । १ युके पाउण्ड स्टलिङको खरिददर १५८ रुपैयाँ ९१ पैसा र विक्रीदर १५९ रुपैयाँ ६९ पैसा कायम भएको छ । 

जापानी येन १० को खरिददर ९ रुपैयाँ ६१ पैसा र विक्रीदर ९ रुपैयाँ ६६ पैसा रहेको छ । चाइनिज युन १ को खरिददर १९ रुपैयाँ शुन्य ८ पैसा र विक्रीदर १९ रुपैयाँ १७ पैसा छ । 

प्रकाशित : ४ बैशाख २०७९, आईतवार १०:१०